ग्रीक प्रधानमन्त्रीद्वारा अर्थतन्त्रमा सुधार आएको दाबी
एथेन्स (ग्रीस), २७ भदौ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले आइतबार आर्थिक सङ्कटपछि आगामी दिनका लागि सरकारको योजना प्रस्तुत गर्नुहुँदै ग्रीस आर्थिक सुधारतर्फ लागेको र यस अवस्थामा लगानी गर्न चाहने लगानीकर्तालाई विभिन्न क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
एकासिऔँ थेसानेलोकी इन्टरनेसनल फियर (टीआईएफ) को उद्घाटन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री सिप्रासले ग्रीसको अर्थतन्त्र सात वर्ष लामो मन्दीपछि सकारात्मक विन्दुमा पुगेको बताउनुभयो ।
उत्तरी ग्रीसमा भएको राष्ट्रकै सबैभन्दा ठूलो वार्षिक प्रदर्शनीमा बोल्ने क्रममा उहाँले अधिकांश समय आफ्नो सरकारको एक वर्षयताको नीति तथा कार्यक्रमको वकालत गर्नुभएको थियो ।
उहाँले तेस्रो जमानत कार्यक्रमपछि अर्थतन्त्रका सबै सङ्केत सुधारोन्मुख देखिएको बताउँदै अब ग्रीसको आर्थिक तथा सामाजिक चक्र सकारात्मक मोडमा पुगेको दाबी गर्नुभयो ।
“म यस अवस्थामा सम्पूर्ण स्वदेशी तथा विदेशी लगानीकर्तालाई ग्रीसमा लगानी गरी व्यापारिक फाइदा लिन आग्रह गर्दछु” सिप्रासले बताउनुभयो ।
उहाँले अबका दिनमा ग्रीसमा स्वच्छ व्यापारिक वातावरण हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । अब सबै चुनौती सकिएका छन् । अबका दिनमा तपाईहरु (व्यापारी तथा उद्योगी) तथा ग्रीसको विकासका दिन हुनेछन् ।
ग्रीक प्रधानमन्त्री सिप्रासले ग्रीस आगामी दुई वर्षभित्र जमानत कार्यक्रमबाट बाहिरिने विश्वास व्यक्त गर्दै त्यसबेलासम्म सरकारले आवश्यक समूह र समुदायलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । – सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












