खेलकुद सचिव मैनालीको बिदाइ
काठमाडौं, २८ भदौ । युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए ।
भदौ २६ गतेको मन्त्री परिषद् निर्णयबाट मैनाली खेलकुदबाट श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत वर्षको मंसिर पहिलो साता मैनाली सूचना आयोगबाट खेलकुद मन्त्रालयमा सरुवा भएका थिए ।
मैनालीको स्थानमा रक्षा मन्त्रालयका सचिव महेश दाहाल खेलकुद मन्त्रालयमा आउने छन् । मैनाली २०४३ सालमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका थिए ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले करिब १ महिनाको छोटो अवधिमा पनि सचिव मैनालीसंग उदाहरणीय सहकार्य गरेको बताउदै हालसम्म सचिवको नेतृत्वमा रहेको सम्पूर्ण कर्मचारीसंग आफू सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।
सचिव मैनालीले खेलकुद मन्त्रालयमा रहँदा कर्मचारीबाट सहयोग पाएको बताउदै आफ्नो हालसम्मको सेवा अवधिमा कुनैपनि निकायमा बस्दा आफूलाई कहिलै अफ्ठेरो महशुस नभएको बताए ।
सह–सचिव पौडेलले सचिव मैनाली शालिन र बौद्धिकताको धनी व्यक्ति भएको बताउदै खेलकुद मन्त्रालयमा १० महिने अवधिमा सचिव मैनालीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
अर्का सह–सचिव तेजराज पाण्डेले सरुवा नियमित प्रकृया भएको बताउदै नयाँ जिम्मेवारीलाई पनि सचिव मैनालीले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












