ट्रम्प र क्लिन्टनबीच कडा प्रतिस्पर्धा : मत सर्वेक्षण
वासिङटन (अमेरिका), ३१ भदौ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज तथा न्युयोर्क टाइम्स (एनवाईटी) को राष्ट्रिय मत सर्वेक्षणले हिलारी क्लिन्टनको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उहाँका प्रतिस्पर्धी रिपब्लिकन नेता ट्रम्पलाई ४४ प्रतिशत प्राप्त भएको छ ।
तर मतदानका लागि नाम दर्ता भएका मतदाताहरुबीच भएको सर्वेक्षणले डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार क्लिन्टनको ४६ प्रतिशत र ट्रम्पको ४१ प्रतिशत देखाएको छ ।
यसैबीच, एक दिन पहिले क्विनीपियाक युनिभर्सिटीले डेमोक्रेटिकको तेस्रो उम्मेदवारबाट समर्थन प्राप्त गरिसकेको अवस्थामा क्लिन्टनलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको जनाएको छ ।
उक्त सर्वेक्षणले रिपब्लिकन नेता ट्रम्पलाई ३९ प्रतिशत मतदाताको समर्थन प्राप्त हुने देखाएको छ ।
सीबीएन अर्थात् एनवाईटीको सर्वेक्षणले टेमोक्रेटिक पार्टीका समर्थकबीच एक महिना पहिलेको तुलनामा मतदानका लागि उत्साह घटेको तर रिपब्लिकनका प्रशंसकमा भने उत्साहमा वृद्धि देखिएको दाबी गरेको छ ।
अगस्टको सर्वेक्षणले ७७ प्रतिशत मतदाताले आफू क्लिन्टनलाई मतदान गर्ने उत्साहित रहेको जनाएकोमा यस महिना यसमा कमी आएर ६४ प्रतिशतमा झरेको देखिएको जनाएको छ ।
तर रिपब्लिकनमा भने अघिल्लो महिना ४३ प्रतिशत मतदाता उत्साहित देखिएकोमा यसमा वृद्धि भएर यस महिना ६८ प्रतिशत पुगेको बताइएको छ ।
दुई उम्मेदवारलाई समर्थन गर्ने पुरुष मतदातामा ट्रम्पले दुई अङ्कको फरकले नेतृत्व लिएको देखिन्छ भने क्लिन्टनलाई पनि महिला मतदाताको दुई अङ्कको फरकको नेतृत्व (लिड) हुने सर्वेक्षणले देखाएको छ ।
सवेक्षणले ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्नमा कठिनाई देखिएको र क्लिन्टनलाई श्वेतहरुको समुदायमा प्रसिद्धि कमाउन गाह्रो परेको देखिएको छ ।
त्यसैगरी श्वेत समुदायका कम शिक्षित मतदाताहरुको आकर्षण अर्थात् ५८ प्रतिशत समर्थन ट्रम्पमा देखिएको छ तर क्लिन्टनको भने श्वेत समुदायका शिक्षित मतदाता माझ प्रभाव राम्रो देखिएको छ । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












