इपी प्रमुख सुल्जद्वारा इयू सम्मेलनले एकताको सन्देश दिने विश्वास व्यक्त
ब्राटिस्लाभा (स्लोभाकिया), १ असोज । युरोपियन पार्लियामेन्ट (इपी) प्रमुख मार्टिन सुल्जले सम्मेलन पूर्वको द्विपक्षीय छलफलबाट हामी युरोपिएन युनियन (इयू)को ब्राटिस्लाभा सम्मेलन एकता र वार्ताको सम्मेलन बन्नेमा विश्वस्त भएको बताउनुभएको छ ।
इयू नेताहरुले इयूको भविष्यका बारेमा गहिरो अध्ययन एवम् छलफल गरी यस संस्थालाई आलोचित हुनबाट जोगाउने कार्यमा विशेष योगदान गर्नेछन् सुल्जले शुक्रबार प्रेस सम्मेलनमा बताउनुभयो ।
ब्रसेल्सको इयू सम्बन्धमा भएको राष्ट्रिय विवास समग्र इयूका लागि घातक बन्न सक्ने कुरामा सचेत बन्दै सम्पूर्ण इयू सदस्यहरु यसको उन्नतिका लागि काम गर्नेछन्, सुल्जले बताउनुभयो ।
शरणार्थी सङ्कट समाधान गर्न तोकिएको अनिवार्य हिस्सा सम्बन्धी कानुनको अन्त्य भए पनि यस स्वैच्छिक आधारमा समाधान गर्ने कुरा स्थापित भएको छ भन्दै सुल्जले यसमा आफ्नो सहयोग रहने बताउनुभयो ।
उहाँले बेलायत तथा इयूको सम्बन्ध बारेमा चर्चा गर्दै यो दुवैका लागि फाइदाजनक रहेको बताउनुभयो । उहाँले बेलायत इयूबाट बाहिरिने निर्णय गरिसकेको अवस्थामा यस प्रक्रियालाई ढिलाइ गर्नु दुवैका लागि हानिकारक बन्ने बताउनुभयो ।
उहाँले ब्रसेल्स र लण्डनबीचको आर्थिक सम्बन्धका विषयमा लिसवन सहमतिको धारा नं ५० कार्यान्वयनमा आएपछि छलफल हुने बताउँदै यो बेलायतले इयूबाट बाहिरिनका लागि औपचारिक रुपमा निवेदन दिएपछिको कुरा हो भन्नुभयो । – सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












