सामसुङ मोबाइल एक्स्पो प्रवद्र्धनका लागि बिशाल साइकल र्याली
न्युज-नेपाल संवाददाता/काठमाडौं, २ असोज । राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ ।
एक्स्पोको प्रवद्र्धनका लागि आयोजक सिटिसी मोबाइल बजारले शनिबार बिशाल साइकल र्याली सम्पन्न गरेको छ । दशैँको पुर्व सन्ध्यामा असोज ५ गते देखि आयोजना गर्न लागिएको मेलाको प्रवद्र्धनका लागि आयोजीत साइकल र्यालीमा २५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए ।
बिहान ७ बजे सुन्धारास्थित सिटिसी मलबाट सुरु भएको साइकल र्याली त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, किर्तिपुर, चोभार, भैँसेपाटी, नख्खु, जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, शंखमुल, तीनकुने, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, नयाँ बसपार्क, ठमेल, दरबारमार्ग हुँदै पूनः सिटिसी मलमा आईपुगेर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले मोबाइल एक्स्पोको प्रचार सामग्रीले सजिएका टिसर्ट लगाएका थिए ।
सामसुङले मुख्य प्रायोजन(टाइटल स्पोन्सर) गरेको मोबाइल एक्स्पो असोजको पहिलो साताबाट सुरु हुनेछ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ । मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् ।
यसैगरी सहप्रायोजकमा वन प्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्सपोको प्रायोजकमा सेल्कन मोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अलवा केहि कम्पनीमार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकन कर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ ।
एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । साइकल र्यालीमा सहभागिले डोनेट गरेको रकम हर्टबिट नामक संस्थालाई हस्तान्तरण गरिएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...














