असोज सातदेखि पन्ध्रसम्म सिटिसी मोबाइल एक्स्पो हुने
काठमाडां, ४ असोज । मुलुककै सर्वाधिक ठूलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ ।
भिडभाड र कोलाहलयुक्त वातावरणबाट मुक्त हुँदै पार्किङको झन्झट बिर्साउँदै विगत एक बर्षदेखि सञ्चालनमा रहेको सिटिसी मोबाइल बजारले विजयादशमीको अवसर पारेर मोबाइल पारखीहरुका लागि Samsung Mobile J2(6) सिटिसी मोबाइल एक्स्पो २०१६ आयोजना गर्न लागेको हो ।
असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको सिटिसी मोबाइल एक्स्पो २०१६ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) Samsung Mobile J2(6) मोबाइल रहेको छ ।
सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुनेछ ।
सिटिसी मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एम आई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, यु.एम.आई. सिटिभि मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट (Your money on time) रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्स्पोको सपोर्टरको रुपमा माइक्रोम्याक्स, सिटिसी मल, लाभाजा, ट्रेण्डसेटर, ग्लोरियस स्पा, सिने डि सेफ र एनसेल रहेका छन् । एक्सपोलाई जनता मिडिया नेटवर्कले मिडियाका रुपमा सघाएको छ ।
एकै छाना मुनि डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसुङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई, ओबिआई स्पाइस र जोप्पो मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् । साथै कलर्स, जोप्पो र लक्ष्मी गु्रपद्वारा प्रवद्र्वित मोबाइलको सर्भिस सेन्टर चाँडै नै खुल्दैछन् भने केही नयाँ मोबाइल ब्राण्डका सर्भिस सेन्टरहरु पनि खुल्ने तरखरमा छन् । यसरी मोवाइल वजार र सर्भिस सेन्टरहरुलाई एउटै मलमा व्यवस्थित गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्न सिटिसी मोवाइल वजारको सिंगो टिम अहोरात्र खटिरेहको छ । यस कार्यलाई अझ बढी प्रचार प्रसार गर्न तपाईहरुको अमूल्य योगदानको समेत अपेक्षा गर्दछौं ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अतिरिक्त केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ । त्यसका लागि अवलोकनकर्ताले एक्स्पोमा एउटा फारम भर्नुपर्नेछ । बेस्ट सेल्फी अवार्ड र विभिन्न मोबाइल सम्बन्धी क्रियाकलापहरु गरी थुपै्र मोबाइलहरु पुरस्कार स्वरुप प्रदान गरिनेछ ।
यस एक्स्पोमा हरेक दिन अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५०० देखि १०००० खरिद भौचरहरु प्रदान गरिनेछ । यसै एक्स्पो मार्फत दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गरिनेछ जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिनेछ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट र एसेसरिजको बिक्री बितरण गरिनेछ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको Samsung Mobile J2(6) मा ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने बिश्वास आयोजकले लिएको छ ।
तथ्यांकमा मोबाइल
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार ९ सय ७२ रुपैंयाँ मुल्य बराबरका ४९ लाख ९० हजार ९ सय ४२ वटा मोबाइल सेट भित्रिएका थिए ।
यो संख्या तीन बर्ष अघि अर्थात आर्थिक वर्ष २०७०/७१ को भन्दा १८३ दशमलब ७३ प्रतिशतले बढि हो । सो आर्थिक वर्षमा जम्मा ९ अर्ब ९० करोड ५४ लाख ४ सय ५६ रुपैंयाँ मुल्यका ३१ लाख २२ हजार ४ सेट मोबाइल नेपाल भित्रिएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा १३ अर्ब ४ करोड ४० हजार २ रुपैंयाँ मुल्यका ३८ लाख ९१ हजार ६ सय २० वटा मोबाइल आयात गरिएका थिए ।
नेपाल दुर सञ्चार प्राधिकरणले गत जेठ मसान्तसम्ममा दुई करोड ९४ लाख ८९ हजार ७ वटा मोबाइलका सिम सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...













