मोबाइल एक्स्पोमा सामसङ र हुवावेप्रति बिशेष आकर्षण
न्युज-नेपाल संवाददाता/काठमाडौं,९ असोज । मुलुककै सर्वाधिक ठूलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ को दुई दिनमै ३० हजारले ‘अवलोकन’ गरेका छन् ।
एक्स्पोमा सामसङ र हुवावे मोबाइलप्रति अवलोकन कर्ताहरुको बिशेष रुची रहेको देखिन्छ । त्यस बाहेक बिभिन्न कम्पनीका मोबाइलका एसेसरिजहरुको बिक्रि पनि उल्लेख्य मात्रामा भैरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।
भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।
एक्स्पोमा आउने अवलोकन कर्ताहरुले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैबिच एक्स्पोमा युएमआई मोबाइलले धमाधम बुकिङ पनि गरिरहेको छ ।
असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।
एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार उद्घाटन गरेका थिए ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको भूइँतल्ला, तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...













