इरा र अभिलाषाको जोडी सफल
इरा र अभिलाषाको जोडी सफलकाठमाडौं, १० असोज । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा आइतबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र विभूति कार्कीको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा इरा र मायांका राणा सेमिफाइनलमा पुगे । इराले अभिलाषालाई ६–१ र ६–२ तथा मायांकाले गंगा शर्मालाई ६–३ र ६–३ को सीधा सेटमा हराए ।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले जीवन घिमिरेलाई ६–१ र ६–१, रेन्जन लामाले सुब्रत बस्नेतलाई ६–२ र ६–३, सन्तोष खत्रीले अभिनव आचार्यलाई ६–२ र ६–३, नवीन मगरले महेश श्रेष्ठलाई ०–६, ६–१ र ६–४, कमल भण्डारीले राजु श्रेष्ठलाई ६–१ र ६–१, अनिल शाहीले सम्यकभूषण वज्राचार्यलाई ४–६, ६–१ र ६–१ तथा श्रीराम मगरले रोहित सुनुवारलाई ६–० र ६–४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
प्रणव खनाल पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा रहेको अवस्थामा प्रतिद्वन्द्वी प्रताप मोक्तान रिटायर्ड हर्ट भएपछि प्रणव विजेता घोषित भएका थिए ।
पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–३ र ६–१, आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले नवीन पुन र प्रदीप खड्काको जोडीलाई ३–६, ६–४ र १०–४, महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले विवेक श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–२ र ६–३ तथा अनिल शाही र शक्ति शर्माको जोडीले प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–३ र ६–२ ले पन्छाए । जितसंगै विजेता जोडी सेमिफाइनलमा प्रवेश गरे ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












