अमेरिकी राष्ट्रपतिका आकाङ्क्षी क्लिन्टन, ट्रम्पको इजरायली प्रधानमन्त्रीसँग भेटवार्ता
ह्वाइट प्लेनस ‘न्युयोर्क’, ९ असोज । अमेरिकी प्रशासनको भावी कार्यक्रमबारे छलफल गर्न इजरायली प्रधानमन्त्रीले आइतबार छुट्टाछुट्टै स्थानमा अमेरिकी राष्ट्रपतिका लागि आकाँक्षी रहेका हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग ट्रम्प टावरमा आइतबार भेट गरिसक्नुभएको छ ।
यसैगरी डेमोक्रेटिक पार्टीका क्लिन्टनसँग पनि दुई राष्ट्रपतिका उम्मेदवारको पहिलो बहस हुनुपूर्व न्युयोर्कमा भेट हुनेछ ।
इजरायली नेता तथा सरकार प्रमुख नेतन्याहूले यसपटक अमेरिकी राष्ट्रपतिका उम्मेदवारबीचको प्रतिस्पर्धामा आफ्नो समर्थन कुनै एक व्यक्तिलाई नदिएर तटस्थ रहने सङ्केत दिनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१द्द मा बाराक ओबामा र पिट रुम्नीबीचको प्रतिस्पर्धामा नेतन्याहूले रुम्नीलाई आफ्नो समर्थन देखाउनुभएको थियो ।
वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा आएपछि अमेरिकी प्रशासनले वेस्ट बैंकमा बस्ती बसाल्ने विषयमा विरोध जनाएको छ ।
त्यसैगरी अमेरिकाको इरानसँग भएको आणविक सम्झौताको इजरायली नेता नेतन्याहू कडा आलोचक देखिनुभएको थियो ।
हालै अमेरिकी राष्ट्रपति ओबामासँग भएको भेटमा अमेरिकी राष्ट्रपतिका रुपमा अन्तिम समयमै भए पनि इजरायली प्रधानमन्त्री नेतन्याहूले प्यालेस्टाइन राज्य बनाउने कुरालाई छाड्न आग्रह गर्नुभएको अमेरिकी सञ्चारमाध्यममा जनाइएको थियो ।
क्लिन्टनले दुई देशबीचको सम्बन्ध सुधारमा आफ्नो रचनात्मक पहल रहने इरानसँगको आणविक सम्झौता कार्यान्वयनमा लैजाने र इजरायलको सुरक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तर ट्रम्प भने इरानसँगको आणविक सम्झौताको कटु आलोचक रहनुभएको छ । रासस÷एपी
––––––
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












