एक सय २० ज्येष्ठ खेलाडीलाई सम्मान
काठमाडौँ, ११ असोज । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली खेलकुदका संस्थापकका रुपमा रहेका करिब १२० ज्येष्ठ खेलाडीलाई सम्मान गरेको छ ।
मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित हुनेमा आफ्नो युवा अवस्थामा विभिन्न खेलका खेलाडी रहँदै राष्ट्रलाई योगदान पु¥याएका तथा त्यसपछि अन्य क्षेत्रमा समेत विशिष्टता हासिल गरेका व्यक्तित्वहरु छन् ।
सम्मान पाउनेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशमशेर जबरा, पूर्वक्रिकेटरद्वय जयकुमारनाथ शाह, विनयराज पाण्डे, कला समीक्षक रमेश खनाल, वरिष्ठ खेल पत्रकार श्याम चित्रकार, बानु राणा, हेमा लामालगायत छन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सभ्य समाज निर्माणका लागि अग्रजको सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालमा वृद्धभत्ता दिन सुरु गरिएको र आफ्नो कार्यकालमा बढाएको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “बालबालिकालाई स्नेहपूर्वक र पाकालाई सम्मानपूर्वक हेरविचार गर्न सकिएन भने त्यो सभ्य समाज होइन ।”
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ज्येष्ठ खेलाडीको योगदानकै कारण नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा ढिलो सुरुवात गर्दागर्दै पनि सन्तोषजनक सफलता हासिल गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष उषाकिरण भण्डारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले ज्येष्ठ खेलाडीले आफ्नै प्रयासमा नेपाली खेलकुदको पहिचान स्थापित गरेको बताउनुभयो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












