एक सय २० ज्येष्ठ खेलाडीलाई सम्मान
काठमाडौँ, ११ असोज । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली खेलकुदका संस्थापकका रुपमा रहेका करिब १२० ज्येष्ठ खेलाडीलाई सम्मान गरेको छ ।
मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित हुनेमा आफ्नो युवा अवस्थामा विभिन्न खेलका खेलाडी रहँदै राष्ट्रलाई योगदान पु¥याएका तथा त्यसपछि अन्य क्षेत्रमा समेत विशिष्टता हासिल गरेका व्यक्तित्वहरु छन् ।
सम्मान पाउनेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशमशेर जबरा, पूर्वक्रिकेटरद्वय जयकुमारनाथ शाह, विनयराज पाण्डे, कला समीक्षक रमेश खनाल, वरिष्ठ खेल पत्रकार श्याम चित्रकार, बानु राणा, हेमा लामालगायत छन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सभ्य समाज निर्माणका लागि अग्रजको सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालमा वृद्धभत्ता दिन सुरु गरिएको र आफ्नो कार्यकालमा बढाएको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “बालबालिकालाई स्नेहपूर्वक र पाकालाई सम्मानपूर्वक हेरविचार गर्न सकिएन भने त्यो सभ्य समाज होइन ।”
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ज्येष्ठ खेलाडीको योगदानकै कारण नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा ढिलो सुरुवात गर्दागर्दै पनि सन्तोषजनक सफलता हासिल गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष उषाकिरण भण्डारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले ज्येष्ठ खेलाडीले आफ्नै प्रयासमा नेपाली खेलकुदको पहिचान स्थापित गरेको बताउनुभयो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












