सिक्किमलाई हराउँदै थ्रीस्टार फाइनलमा
काठमाडौँ, १३ असोज । नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४आँै संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
तर अतिरिक्त समयमा थ्री स्टारले थप तीन गोल ग¥यो र फराकिलो जित निकाल्यो । थ्री स्टारका लागि अफ्रिकी खेलाडी मार्टिनले दुई तथा विजय गुरुङ र विजय धिमालले समान एक गोल गरे ।
खेलको मध्यान्तरअघि दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेनन् । मध्यान्तरपछि भने थ्री स्टारले खेलमा उत्कृष्ट पुनरागमन ग¥यो । असिमजङ्ग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल देखियो ।
खेलको ६८औँ मिनेटमा मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई बिट गर्दै थ्री स्टारको खाता खोले । जित नजिक पुगेको थ्री स्टारको रक्षापङ्क्तिको फाइदा उठाउँदै खेल सकिन २ मिनेटअघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए ।
त्यसपछि पनि धेरै अवसर सिर्जना गरेपनि थ्री स्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । तीस मिनेट थपिएको अतिरिक्त समयको खेल थ्री स्टारले पूर्ण रुपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाचाँै मिनेटमा नै मार्टिनले पुनः थ्री स्टारलाई अग्रता दिलाए ।
त्यसको छ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनिल बलको क्रसलाई उपयोग गर्दै विजय गुरुङले थ्री स्टारका लागि चौथो गोल थपे र जित थप मजबुत बनाए ।
उपाधि भिडन्तका लागि फाइनलमा अब थ्री स्टारले भारतको इस्ट बङ्गालसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार नै भएको खेलमा इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टारसँग उपाधि भिडन्त पक्का गरेको हो । फाइनल शुक्रबार हुनेछ । रासस
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...













