थ्रीस्टारले जित्यो बोर्डोलोई ट्रफी
काठमाडौँ, १५ असोज । नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ ।
गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । थ्रीस्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै उपाधि भिडन्तमा घरेलु टोलीइस्ट बङ्गाललाई निरास बनाएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका हुन् । मध्यभागबाट बल अघि बढाउँदै मगरले गरेको कडा प्रहार गोलमा परिणत भएको हो ।
यसअघि निर्धारित समयमै हारको नजिक पुगेको थ्रीस्टारका लागि अन्तम मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । रोजिन धिमालको फ्रिकिकमा तामाङको सटिक प्रहार गोलमा परिणत भयो । खेलको ८३ औँ मिनेटमा इस्ट बङ्गालले युरोपेली एडिलेजाको हेड गोल मार्फत खेलमा अग्रता लिएको थियो ।
खेलको नवौँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । विवादका कारण थ्रीस्टारका विजय गुरुङ र इस्ट बङ्गालका सामदअली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
थ्रीस्टारले यो उपाधि पहिलो पटक जितेको हो । सन् २०१० को प्रतियोगितामा थ्रीस्टार उपविजेतामा सीमित बनेको थियो । ट्रफीसँगै थ्रीस्टारले रु १६ लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित इस्ट बङ्गालले रु आठ लाखमा चित्त बुझायो । विजयी गोल गरेका थ्रीस्टारका मगर ‘प्लेयर अफ दि फाइनल’ घोषित भए । डिफेन्डर विजय धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । थ्रीस्टारकै फर्वार्ड मार्टिन चार गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । रासस
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











