पाकिस्तानमा ५.५ रिक्टर स्केलको भूकम्प
इस्लामावाद (पाकिस्तान), १६ असोज । पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ ।
यस भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार तत्काल प्राप्त भएको छैन ।
यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित पतान क्षेत्रको आसपासमा नै १२ किलोमिटर गहिराइमा रहेको भूकम्प निरूपण केन्द्रले जानकारी दिएको छ ।
स्थानीय समाचारअनुसार शनिबार मध्याह्न करिब १ बजे गएको यस शक्तिशाली भूकम्पको कम्पन पाकिस्तानको राजधानी इस्लामावाद र पेसावरसहित उत्तरपूर्वी क्षेत्रहरू अबोत्तावाद, स्वात, गिल्जित र मन्सेहरा र पाकिस्तान प्रशासित कास्मिरका केही भागहरूमा पनि महसुस गरिएको थियो ।
यसअघि गतवर्ष अक्टोबर २६ तारिखमा गएको ७.५ रिक्टर स्केलको भूकम्प परी कम्तीमा २८० जनाको मृत्यु भएको थियो ।
यसमा परी एक हजार ९०० जना घाइते हुनाका साथै एक लाखभन्दा बढी आवासीय भवन र करिब १५ सय विद्यालयहरू नष्ट भएका थिए ।
पाकिस्तानमा सन् २००५ को अक्टोबरमा गएको ७.४ रिक्टर स्केलको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पका कारण लाखौँ व्यक्ति घरबारविहीन भएका थिए । –सिन्ह्वा
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












