पञ्चकन्या तेजलाई एभरेष्ट प्रिमियर लिगको उपाधि
काठमाडौं,१७ असोज । आशिफ शेखले शानदार शतक प्रहारले पञ्चकन्या तेज अपराजित रहँदै एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ । २०१४ मा भएको एनपीएल च्याम्पियन पञ्चकन्या तेजले सोमबार भएको फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै ५ लाख पुरस्कार पनि हात पारेको छ ।
पञ्चकन्या तेजले दिएको १७२ रनको लक्ष्य पछ्याएको कलर्स १७.३ ओभरमा १३१ रन जोड्दा अलआउट भयो । उसको सुरुवात निकै खराब रहृयो । फैजुल रहमान पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट हुँदा टिमको स्कोर मात्र १ रन थियो । हरिशंकर साह पनि १४ रनमा आउट भए ।
टिमले थप एक रन जोड्दा अमर रौतेला व्यक्तिगत ९ रनमा पभेलियन फर्किए । तर, कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले कलर्स एक्स फ्याक्टरको पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । कलर्सका लागि कप्तानी पारी खेलिरहेका ज्ञानेन्द्रलाई १२.५ ओभरमा दिपेन्द्रसिंह ऐरीले एलबीडब्लू धरापमा पारे । जतिबेला टिमको स्कोर १०० रन हुन २ रन अपुथ थियो । त्यसपछि आएका सिद्धान्त लोहनी १ रनमै आउट भए । अर्को बलमा योगेन्द्र सिंह कार्कीलाई पनि करणले आउट गरे ।
१५ औं ओभरको अन्तिम बलमा राजेश पुलामी सातौं विकेटका रुपमा ३७ रनमा आउट भएपछि कलर्सक हार उन्मुख भयो । थप १० रन जोड्दा संजय बस्नेत, राहुल प्रताप सिंह र अभिनाश कर्ण आउट भए । पञ्चकन्याका करण केसीले ३ विकेट लिए भने शरद भेषावकर र सुशील कँडेलले २-२ विकेट लिए । भुवन कार्की र दिपेन्द्र सिंह ऐरीको नाममा १(१ विकेट रहृयो ।
पञ्चकन्या तेजले आशिफ शेखको शानदार शतकको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । पञ्चकन्याको पनि सुरुवात त खराब नै थियो । उसका कप्तान शरद भेषावकर पहिलो ओभरमा नै २ रनमा आउट भए । यसअघिका खेलमा हिटरको छवि बनाएका करण केसी पनि मात्र ५ रनमा आउउट भए, जतिबेला टिमको स्कोर ३३ रन थियो ।
अर्को पारीमा आशिफ भने टिकिरहे । पृथु बास्कोटा पनि मात्र ८ रनमा आएपछि आरिफ र आशिफ दाजुभाइको जोडी जम्यो । भाइ आशिफसँग ४७ रनको साझेदारी गरेका आरिफ व्यक्तिगत २३ रनमा आउट भए । आशिफ भने आक्रमक सट खेलिरहे ।
उनले पाँचौं विकेटका लागि प्रेम तामाङसँग ६४ रनको अविजित साझेदारी गरेका छन् । त्यसक्रममा उनले मात्र ५९ बलमा छ चौका र ८ छक्काको मदतमा शतक पुरा गरे । ईपीएलमा यो नै पहिलो शतक हो । उनी १११ रनमा अविजित रहे भने प्रेमले नटआउट ८ रन बनाए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...













