अमेरिकामा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट सम्पन्न
काठमाडौं, १८ असोज । अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ ।
अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् ।
समारोहमा अतिथिको आसनवाट वोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लवको छहारीमा नेपालीको लायन्स क्लव खुल्नु सुखद भएको बताउदै क्लवले समुदायमा सेवा पु¥याउने आशा व्यक्त गरे ।
समारोहको लागि क्यालिफोर्निया राज्यवाट भाग लिन अाएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लवले समुदायमा सेवा पुर्याउने विश्वास व्यक्त गरे ।
२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लवको वैठकमा भाग लिँदा परिवारकोवीच वसेको अनुभूति भएको वताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लवको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए ।
मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार , समाजसेवी गोविन्द गिरी प्रेरणा क्लवका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुँग छन् ।
यस्तै सदस्यहरुमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् ।
कार्यक्रमलाई समापन गर्दै क्लवका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरु क्लवका सदस्यहरु सवैलाई धन्यवाद ज्ञापन दिदै मनासस एभरेष्ट लायन्स क्लव मार्फत समुदायमा सेवा पुर्याउँदै मानवियताका लागि काम गर्ने बताए । कार्यक्रम सञ्चालन पूर्व परिषद सभापति ह्यारी पार्करले गरेका थिए । मनासस एभरेष्ट लायन्स क्लवमा हाल २३ जना चार्टर सदस्यहरु रहेका छन् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












