‘गुणस्तरमा हाम्रा मदिरा अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्षम छन्’
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी २७ वर्षदेखि उद्योग र व्यापार क्षेत्रमा क्रियाशील एक सफल व्यवसायीको नाम हो । मदिरा र चुरोटमा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा नेपालीले स्वदेशी उत्पादन प्रयोगमा प्राथमिकता दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । दुई वर्षयता यति डिस्टिलरीले नेपालमा विदेशी महँगा ब्राण्डका उच्च गुणस्तरका मदिराको प्रतिस्पर्धा गर्ने स्वदेशी ब्राण्ड वर्ड दरवार ब्ल्याक चिम्नी ८८४८ स्वदेशमै उत्पादन गरी उचित मूल्यमा बिक्री–वितरण गर्नुका साथै विदेशमा समेत निर्यात गर्दै आएको छ ।

यस व्यवसायमा लामो अनुभव हासिल गर्नुभएका सफल उद्योगी केसीसँग नेपालमा मदिरा उत्पादन, गुणस्तर र निर्यातका विषयमा न्युज–नेपाल डट कमका लागि सजिव कालाखेतीले गर्नुभएको कुराकानी :
तपाईंहरुले भर्खरै ब्लाक चिम्नी उच्चस्तरको मदिरा बजारमा ल्याउनुभएको छ । विदेशी ब्राण्ड आयात प्रतिस्थापन गर्ने उद्देश्यले ल्याउनुभएको हो ?
मैले लामो समयदेखि सूर्य नेपालमा काम गरेको छु । सूर्य नेपालको सूर्य र शिखर ब्राण्डको चुरोट हाल अन्तर्राष्ट्रिय स्तरको भएको कारण अन्तर्राष्ट्रिय व्राण्डहरु नेपालमा विक्न छाडी सके ।
यस्तै मदिरामा पनि उच्च गुणस्तरको प्रिमियम स्वदेशी ब्राण्ड भयो भने कमसेकम नामका लागि मात्र यहाँबाट हामीले रोयल्टी रकम विदेश पठाउनु पर्दैन, रोयल्टीका नाममा विदेश जाने त्यो रकम मात्र रोक्न सकियो भने पनि राष्ट्रको पुँजी निर्माणमा ठूलो सहयोग पुग्न सक्छ भनेर हामीले उच्च गुणस्तरको नेपाली ब्राण्डका मदिरा उत्पादन सुरु गरेका हौं । साथै उक्त सम्पूर्ण देशप्रेमी ग्राहकहरुले उक्त ब्राण्डको उच्च मूल्याङकन गरी रुचाईदिनु भएको छ । साथै यौटा नेपाली उपभोक्ताले विदेशी ब्राण्डको नामलाई मात्र नहेरी वास्तविक क्वालिटिको पहिचान गर्न सक्छन् भन्ने समेत सिद्ध भएको छ । यसमा हामी हाम्रा सम्पूर्ण ग्राहकप्रति आभारी छौं ।
ब्लाक चिम्नी ह्विस्की ब्लाक लेबलको गुणस्तर र स्वाद छ, मूल्य आधा सस्तो छ, कसरी सम्भव भयो ?
ब्लाक चिम्नी अहिले नेपालमा मात्र होइन, विश्वमै उत्पादन भएका उच्च गुणस्तर, प्रिमियम क्वालिटीका मदिराभन्दा अझ राम्रो छ ।
के आधारमा राम्रो छ भन्ने तपाईंको दाबी हो ?
सर्वप्रथम यसमा नेपालको हिमशृङखलाबाट बगेका पानीको स्वाद छ । साथै विश्वका गुणस्तरीय मदिरा सेवन गर्दा हुने जस्तै स्वाद राम्रो छ, खान स्मुथ छ, रक्सी खाँदा बिहान ह्याङ हुँदैन, टाउको दुख्दैन, राति तिर्खा लाग्दै त्यसैले विश्वका सबै उच्चस्तरीय मदिराका ब्राण्डसँग ब्लाक चिम्नीको तुलना हुन सक्दैन । यसको आफ्नै छुट्टै स्वाद छ । विश्वका उच्च गुणस्तरका सबै मदिराको स्वादमा हुने सबै मापदण्ड र आधार यसमा समाहित छ, सम्मिश्रण पनि अत्यन्तै ठिक र उपयुक्त छ । र, यसमा नेपाली पन र मौलिकताले भरिएको छ ।
ब्लाक चिम्नी ह्विस्कीको कच्चा पदार्थ कुन देशबाट ल्याउनुहुन्छ ?
स्कटल्यान्डबाट मार्ट कच्चा पदार्थ आयात गर्छाैं ।
वल्र्ड दरबार र ब्लाक चिम्नी ह्विस्कीमा चाहिँ के फरक छ ?
वल्र्ड दरबार पनि गुणस्तरीय ह्विस्की हो तर ब्लाक चिम्नी अझ गुणस्तरीय ह्विस्की हो । वल्र्ड दरबारमा हामीले ८ वर्ष पुरानो मार्ट प्रयोग गरेका छौं भने ब्लाक चिम्नीमा अझ १२ देखि १५ वर्ष पुरानो मार्ट प्रयोग गरेका छौं । त्यसैले ब्लाक चिम्नी ह्विस्की खाँदा स्मुथ र स्वाद राम्रो छ । उच्चस्तरिय ह्विस्की उत्पादन गर्न कच्चा पदार्थको रुपमा प्रयोग हुने माल्ट जति पुरानो भयो उति राम्रो हुने हुँदा ब्ल्याक चिम्निको गुणस्तर राम्रो भएको हो ।
यति डिस्टिलरीले कुन–कुन देशमा मदिरा निर्यात गर्दै आएको छ ?
हाललाई हङकङ, दक्षिण कोरियामा निर्यात भईसकेको छ भने हाल निर्यात गर्ने क्रममा जापान, न्युजिल्याण्ड, दुबै, लण्डल र अमेरिकामा समेत निर्यातको प्रक्रियाको तयारी भईरहेको छ ।
यति डिस्टिलरीले उत्पादन गर्दै आएको ८८४८ भोड्कामा के त्यस्तो चिज छ जस कारण दिनप्रतिदिन लोकप्रिय हुँदै गएको छ ?
सर्वप्रथम यसमा प्रयोग गरिएको स्प्रीट गहुँबाट बनाईएको हो । त्यो गहुँबाट पनि हिउँ पर्ने ठाउँमा उत्पादन भएको हो । र, यो फ्रान्समा डिस्ट्रल गरिएको स्प्रीट हो । जुन स्प्रीट विश्वका धेरै महंगा भोड्काहरुमा प्रयोग हुने गर्दछन् । यसमा हिमाली शृङखलको पानी प्रयोग गरिएको छ । यसमा कुनै पनि केमिकल, कलर, गन्ध, ग्लिसिरिन प्रयोग नगरी शुद्ध पाँच पटक डिस्ट्रील गरिएको स्प्रीट प्रयोग गरी बनाइएको हुँदा कन्ट्रोल रुपमा सेवन गर्दा यसले कुनै पाि हानी गर्दैन भन्नेमा हामी पूर्ण विस्वस्त छौ ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...














