यमनमा बिहीबारदेखि युद्धबिराम : राष्ट्रसङ्घ
एडेन (यमन), ३ कात्तिक । अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धबिरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेकोे इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने मङ्गलबारसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धबिराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताउनुभयो ।
युद्धबिराम सुरुमा ७२ घण्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उहाँले बताउनुभयो ।
यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण सात हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












