हत्याको अभियोगमा साउदीका राजकुमारलाई मृत्युदण्ड
रियाद ३ कात्तिक । हत्याको अभियोगमा साउदी अरबका एक राजकुमारलाई मृत्युदण्ड दिइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार राजकुमार तुर्की बिन साउद अल कबिरलाई मंगलबार मृत्युदण्ड दिइएको हो। उनलाई तीन वर्ष पहिले साउदीको राजधानी रियादमा आपसी विवादका क्रममा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप लागेको थियो।
साउदी गृह मन्त्रालयले राजकुमारलाई हत्याको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएको र अदातलले उनलाई मृत्युदण्डको फैसला सुनाएको बताएको छ। मन्त्रालयका अनुसार अदालतको उक्त फैसलाविरुद्व उच्च अदालतमा अपिल गरिएको थियो तर उच्च अदालतले पनि उनको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनलाई मृत्युदण्ड दिइएको हो। गृह मन्त्रालयले राजकुमारको मृत्युदण्डबारे जानकारी सार्वजनिक गर्दै सरकार हरेक व्यक्तिको सुरक्षा र पीडितलाई न्याय दिलाउने कुरामा प्रतिबद्ध रहेकोमा आश्वस्त पारेको छ। उनलाई कसरी मृत्युदण्ड दिइयो भन्नेबारे केही खुलाइएको छैन।
मृतक अदेल अल मोहेमीदको परिवारले शाही परिवारबाट ब्लड मनी अस्वीकार गरेपछि राजकुमारलाई मृत्युदण्ड दिइएको हो। राजकुमार कबिर साउदीमा यो वर्ष मृत्युदण्डको सजाय पाउने १ सय ३४ औं व्यक्ति हुन्। एजेन्सी
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...













