ननिताको सफलता कथाः बडिबिल्डर अामा (भिडियोसहित)
काठमाडौः उनले शारीरिक सुगठन (बडी बिल्डिङ) को कला सिक्न थालेको पाँच महिना पनि भएको छैन । त्यसअघि उनलाई शारीरिक सुगठनबारे जानकारीसम्म थिएन । फिटनेस सेन्टरमा ‘साम्बा’ नाच सिकाउने उनको शरीर पहिल्यैदेखि सुगठित थियो । उनको शरीर देख्नेहरूले उनलाई शारीरिक सुगठनतर्फ लाग्न प्रेरित गरेका थिए ।
कीर्तिपुरकी ननिता महर्जनले अहिले त्यही खेलमार्फत महत्वपूर्ण उपलब्धि हात पारेकी छन्, जसमा समग्र खेल क्षेत्र एवं राष्ट्रले गर्व गरेको छ । गत मंगलबार थाइल्यान्डमा सम्पन्न शारीरिक सुगठन तथा फिटनेस विश्व च्याम्पियनसिपमा कास्य पदक जितेकी ननिता शुक्रबार स्वदेश फर्किएकी छन् । ननिताले महिलातर्फको एथलेटिक विधातर्फ एक सय ६५ सेन्टिमिटर स्पर्धामा कास्य पदक जितेकी हुन् ।
उनी शारीरिक सुगठनको विश्व च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउने पहिलो महिला खेलाडी बनेकी छन् । ननिताको सफलता धेरै कारणले अर्थपूर्ण छ । खेलकुदको विश्वकप वा विश्व च्याम्पियनसिपमा पदक जित्नु नेपाली खेलाडीका लागि सहज मानिँदैन ।
त्यसमाथि पनि सम्बन्धित खेलमा छोटो समयको संलग्नता र तयारीमा विश्वस्तरको प्रतियोगितामा सहभागी हुनु ठूलो उपलब्धि हुन्छ । तर ननिता यस्ती खेलाडी बनिन्, जो शारीरिक सुगठनको कला सिक्न थालेको दुई महिनामै राष्ट्रिय च्याम्पियन बनिन् र त्यसको थप तीन महिनामा त विश्व च्याम्पियनसिपमै पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाइन् ।
‘मैले प्रतिस्पर्धामा सक्दो प्रदर्शन गरेकी थिएँ । परिवार, सिनियर खेलाडी र सबैको सहयोगले यो उपलब्धि प्राप्त गर्न सक्दा गर्व लागेको छ’, शुक्रबार विमानस्थलमा ओर्लिएपछि ननिताले भनिन्, ‘यो सफलताबाट म निकै खुसी छु ।’
भिडियो हेर्नुहोस्
ननिता एक छोराकी आमा हुन् । उनको सात वर्षको छोरा छ । छोरा हुर्किएपछि खेलकुद सिकेर विश्व च्याम्पियनसिपमा देशका लागि पदक जितेको उदाहरण अन्तर्राष्ट्रिय खेलकुदमै विरलै पाइन्छ । ननिताले यो सफलताका लागि कठोर मेहनत गरेकी थिइन् ।
उनले पछिल्लो तीनचार महिनामा आफ्नो तौल झन्डै १३ केजी घटाइन् । विश्व च्याम्पियनसिपको तयारीअघि ६८ केजीकी उनी हाल ५५ केजीमा झरेकी छन् । तौल घटाउन उनले नुनदेखि पानीसम्म बारिन् । ‘ननिताले ऐतिहासिक सफलता सजिलै प्राप्त गरेकी होइनन्, यो उनको कठोर मेहनतको फल हो’, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले भने, ‘उनले प्रतियोगिताको तयारीका क्रममा आफ्नो नियमित खानामात्रै होइन, नुनदेखि पानीसम्म बारिन् ।’
३१ वर्षीया उनको सफलतामा परिवारको सहयोग र समर्थन पनि अर्को महत्वपूर्ण पक्ष बनेको छ । ननिताले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको हेर्न र उनलाई हौसला बढाउन आमा, बुबा र दाइ थाइल्यान्ड नै पुगेका थिए । ननिताकी सासू उनको स्वागतका लागि विमानस्थलमै पुगेकी थिइन् । त्यसैले सफलताको रहस्य खोल्नुअघि ननिताले भनेकी थिइन्, ‘परिवारको सहयोगले आज विश्व च्याम्पियनसिपमा पदक सम्भव भयो ।’
ननिताको अबको उद्देश्य अर्काे वर्ष मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप हो । उनले नवौं विश्व च्याम्पियनसिपमा नेपाललाई कास्यभन्दा माथिको पदक दिलाउने दृढता व्यक्त गरिन् । ‘मेरो अबको लक्ष्य भनेको अर्को वर्ष हुने विश्व च्याम्पियनसिप हो’, उनले भनिन्, ‘यसपटक मैले आफ्नो गल्ती र कमीकमजोरी पनि थाहा पाएकी छु, त्यसले अर्को वर्ष कास्यभन्दा माथिको पदक दिलाउने विश्वास पलाएको छ ।’
शारीरिक सुगठन तथा फिटनेस संघले पनि ननितालाई अर्को वर्ष हुने विश्व च्याम्पियनसिपको तयारीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छ । ‘उनीसँग स्वर्णपदक जित्न सक्ने सम्भावना छ’, संघका उपाध्यक्ष राजभण्डारीले भने, ‘त्यसका लागि ननितालाई अहिलेबाटै तयारीमा राख्नेछौं ।’
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












