ताजा समाचार

काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

अघिल्लो खेलमा चितवन राइनोजलाई पराजित गरेको टोलीबाट काठमान्डुले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । दीपेश कँडेलको स्थानमा भीम सार्कीलाई ल्याएको छ । चितवनले अघिल्लो खेल खेलेको टोलीबाट आफ्नो टोलीमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।

काठमान्डु ५ खेलमा ३ विजय हात पारि प्लेअफतर्फ अग्रसर रहेको छ । कर्णालीमाथि विजय हात पारे टोलीको प्लेअफ यात्रा लगभग निश्चित जस्तै हुनेछ । कर्णालीलाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्नेछ ।

कर्णालीले ४ मध्येको ३ खेलमा पराजय भोगिसकेको छ । काठमाडौंसँग पराजित भए टोली बाहिरिने स्थितिमा पुग्ने छ । प्लेअफमा पुग्न कर्णालीलाई बाँकी रहेको तीनै खेल जित्नु पर्ने दबाब रहेको छ ।

गत वर्ष काठमान्डुले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो । तर कर्णाली प्लेअफमा पुगे पनि काठमान्डु शीर्ष चारमा पर्न सकेको थिएन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org