लिबाङ नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न
लिबाङ (रोल्पा), २२ पुस । नेकपा (एमाले) का सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताउनुभएको छ ।
विहिबार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।
नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२÷०७३ को यथार्थ आय रु चार करोड १३ लाख ९४ हजार २४६ तथा व्यय रु तीन करोड ९२ लाख तीन हजार ९८३ रहेको जानकारी दिनुभयो ।
केसीले २०७३÷०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय रु नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ रु नौ करोड ४४ लाख ४४ हजार रहेको जानकारी दिनुभयो ।
यस्तै, उहाँले आव २०७४÷०७५ को चालु तथा पुँजीगततर्फ प्रस्तावित बजेट आय रु पाँच करोड ५४ लाख ७५ हजार र व्ययतर्फ रु आठ करोड ४६ लाख ३५ हजार विनियोजन प्रस्तुत गर्नुभयो ।
पूर्ण खोपयुक्त घोषणा
सोही अवसरमा लिबाङ नगरपालिकालाई २१ औँ पूर्ण खोपयुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि घर्तीमगरले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो ।
यसैबीच, विभिन्न क्षेत्र र तहबाट सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्ति, सङ्घसंस्था र पत्रकारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसअन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, राससकर्मी एवम् जुनकिरी सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक कविता उपाध्याय, नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष काशीराम डाँगी, लिबाङ निवासी दलजीत नेपाली, नवराज आचार्य, प्रेमबहादुर डाँगी, सुमन आचार्य, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक, रोल्पा रेडियो, सनस्टार युवा क्लब, सेतो गुराँस र मधुरमा युवा क्लबलाई सम्मान गरियो । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












