समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्रबाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गर्नुभएको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे बैठकका अधिकांश सदस्यले धारणा राखेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “पार्टीका अधिकांश सदस्यले आगामी महाधिवेशमा महिला, उत्पीडित, जनजाति, मधेसी, मुस्लिमको प्रतिनिधित्वलाई बढाउनुपर्ने धारणा राखेका छन् ।”
राप्रपाको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।
यस्तै बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...











