एमालेको राष्ट्रवाद हल्ला मात्रै !

घर,अफिस, कलेज जतासुकै पनि राजनीतिक गफ चलिरहँदा प्राय म मौन भएर सुन्छु । बेलाबेलामा वाद विवाद गर्नेहरुको गफ सुनेर झनक्क रिस उठ्छ । तर पनि चुपचाप नै सुनिरहन्छु । आफूले समर्थन गरेको पार्टीको नेताले जे गरे पनि ठीक, अर्काले राम्रो काम गरे पनि बेठिक । त्यस्तै गफमा अल्झिरहेका छन् अहिले युवाहरु । पछिल्लो समय आफ्नाले राष्ट्रघाती काम गरे पनि काँधमा बोकेर हिँड्ने राजनीतिक संस्कारको विकास भएको छ ।
विभिन्न समयमा दलहरुले परिस्थिति अनुकूल राष्ट्रवादको कार्ड प्रयोग गरेर राष्ट्रवादी बन्ने कोसिस गरे । काँग्रेसले कुनै समयमा राष्ट्रियताको नारा लगायो । माओवादीले पनि पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकार चलाइरहँदा सेनापति प्रकरणमा काङ्ग्रेस एमालेले साथ नदिएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर नागरिक सर्वोच्चताको नारा लगाउँदै सडकमा आएर राष्ट्रियताको नारा लगाएकै हुन् । हाम्रा राजनीतिक दलहरु राजनीतिक मौसम अनुकूल राष्ट्रवादको नारा लगाउँछन् ।
ओलीको राष्ट्रवादको चर्चा गरौँ :
पछिल्लो समय सङ्घीयता र सीमाङ्कनको विषयलाई लिएर विभिन्न क्षेत्रमा आन्दोलनका कार्यक्रम हुँदै आएका छन् । सङ्घीयतालाई देखाएर देश विभाजनतर्फ जान्छ भन्ने भ्रम छरिँदै छ । अहिले त्यसको नेतृत्व एमालेले गरिरहेको छ ।अहिले राष्ट्रवादका सम्बन्धमा आश्चार्यजनक भ्रम फैलाइएको छ । राष्ट्रवाद नाप्ने मापदण्ड के हो ? को राष्ट्रवादी अनि को राष्ट्रघाती ? कसलाई राष्ट्रवादीका रुपमा सम्बोधन गर्ने ? विभिन्न समयमा राष्ट्रघाती सम्झौता गरेकाहरु पछिल्लो समय एक्कासि कसरी राष्ट्रवादी भए ? नेताहरु भ्रम छर्छन्, कार्यकर्ता त्यसमै लट्पट्टिन्छन् । फेरि तिनै कार्यकर्ताहरु आफूलाई बौद्धिक ठानेर समाजमा प्रस्तुत हुन्छन् ।
नेपालमा विभिन्न समयमा राष्ट्रवादलाई आफू अनुकूल परिभाषित गरिँदै आएको छ । हिजो देशका सम्पदा बेच्न जिउज्यान फालेर लागेका एकाएक कसरी राष्ट्रवादी कहलिए ? यो देख्दा अचम्म लाग्छ । के राष्ट्रवाद पछिल्लो समय साच्चै मजाकको विषय बनेकै हो त ? यसरी राष्ट्रवादलाई आफ्नो समय अनुकूल व्याख्या गर्नु कदापि ठीक मान्न सकिँदैन ।
पछिल्लो समय केपी ओलीका समर्थकहरुले उनलाई राष्ट्रवादी भनी प्रचार गरे । पार्टीका दुई चार जना कार्यकर्ताले राष्ट्रवादी भनेर प्रचार गर्दैमा उनी राष्ट्रवादी नै भएका हुन् ? कुनै समय भारतकै नजिक भएर, उसैका संरक्षणमा हुर्किएका ओलीलाई अहिले राष्ट्रवादी भनेर कसरी मान्ने ? आफ्नै पार्टीका नेता मदन भण्डारीको हत्या हो या दुर्घटना भनेर जनतासामु स्पस्ट पार्न सकेका छैनन् । महाकाली सन्धि गर्दा पर्दा अगाडि काङ्ग्र्रेसलाई राखेर पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेर इतिहासमै ठूलो राष्ट्रघात गरेको कुरा कसैबाट छिपेको छैन । आज उनलाई केका आधारमा राष्ट्रवादी भन्ने । त्यही सन्धिका कारण एमाले पार्टी विभाजित भएको इतिहास हाम्रासामु छ ।
सत्ताबाट बाहिरिएपछि काठमाडौंमा स्वतन्त्र युवाहरुको प्रदर्शन भन्दै भातृसङ्गठनलाई उतारेको उनैले हो । स्पस्ट कुरा चाहिँ के हो भने ओलीले सत्ताबाट बाहिरिँदा मूलधारमा रहेका मिडियामा आफूप्रति सकारात्मक वातावरण चाहिँ बनाएकै हुन् । प्रचारात्मक रुपमा त्यो उनको ठूलै उपलब्धि थियो । मिडियामा आफूप्रति सकारात्मक परिस्थिति न यस अघिका प्रधानमन्त्रीले बनाउन सके न त्यसपछिका प्रधानमन्त्रीले बनाउन सक्लान् भनेर भन्न सक्ने स्थित छ ।
राष्ट्रवादी नेता एउटा पार्टीको हुन्छ कि सिङ्गो देश र जनताले मानेको व्यक्ति हुन्छ ? वर्णकै आधारमा मधेसी दाजुभाइलाई बिहारी देख्ने ओली साँच्चै राष्ट्रवादी नै हुन् ?
तसर्थ ओली राष्ट्रवादी व्यक्ति होइनन् । त्यसलाई इतिहासले प्रमाणित गरिदिएको छ ।
अहिले एमाले सत्ताबाट बाहिरिनुपर्दाको बर्बरता देखाउँदै छ । अफवाहलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने मिडियामा जागिरे उसका कार्यकर्ता,एनजीओ रआईएनजीओबाट पोषित बुद्धिजीवी र अन्धभक्त कार्यकर्तालाई प्रयोग गरेर सत्तामा जाने चाल मात्र हो । त्यसो त अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी होइनन्,यौटा पार्टीभित्र गुटको नेतृत्व गर्ने व्यक्ति कसरी राष्ट्रवादी हुन सक्छ ?
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












