खानेपानीबाट दुई लाख ५० हजार उपभोक्ता लाभान्वित
वीरगन्ज, २४ पुस । करिब एक दशकपछि खानेपानीमा सुधार आउँदा वीरगन्जका ६० प्रतिशत बासिन्दाले शुद्ध खानेपानी प्रयोग गर्न थालेका छन् ।
करिब साढे सात हजार ग्राहक रहेको जिल्ला खानेपानी कार्यालय, पर्साले वितरण गर्ने पानीबाट दैनिक दुई लाख ५० हजार उपभोक्ता खानेपानी प्रयोग गरी लाभान्वित हुँदै आएको कार्यालय प्रमुख चन्देश्वर साहले बताउनुभयो ।
वीरगन्ज उपमहानगरपालिका– १ देखि १९ सम्मका उपभोक्तालाई दैनिक ८० लाख लिटर पानी दिने गरेको सो कार्यालयले जनाएको छ ।
पानी प्रयोग गरी लामो समयसम्म रकम नतिर्ने सरकारी कार्यालय तथा उपभोक्तासँग बक्यौता रहेको करिब रु दुई करोड असुल गर्न कार्यालयले धाराको लाइन काट्ने अभियान थालेपछि उपभोक्ताले बक्यौता रकम बुझाउन थालेका छन् ।
बजेटको अभावका कारण लामो समयदेखि जमिनमुनि बिछ्याएको खानेपानीको ९० प्रतिशत पाइप जीर्ण अवस्थामा रहेकाले सोको पूर्णरूपमा मर्मत सम्भार हुन नसक्दा उपभोक्तालाई समस्या पर्न गएको छ ।
एसियाली विकास बैंकले नगर क्षेत्रभित्र नाला निर्माण गर्ने क्रममा खानेपानीको पाइप भत्काउँदा अहिले यातायात क्षेत्र, पदमपुर क्षेत्र ठाकुरराम बहुमुखी क्याम्पस क्षेत्रमा अहिले खानेपानी आपूर्ति नहुँदा त्यस भेगका हजारौँ नगरवासी खानेपानीबाट वञ्चित भएका छन् । रासस
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












