मिर्गौलापीडितलाई आर्थिक सहयोग
फलेवास (पर्वत), २४ पुस । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।
समाजले इजरायलमा सञ्चालन गरेको रामभक्त बचाउ अभियानबाट सङ्कलन गरेको रु ५० हजार र बाँकी रकम संस्थाको खाताबाट गरी रु एक लाख १० हजार रकम हस्तान्तरण गरिएको अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त रकम कुश्मा नगरपालिका–१६ पिपलटारीका देवीबहादुर विक (रामभक्त) लाई रु ७० हजार, राम्जादेउराली गाविस वडा नं ३ गोतामेथर निवासी अनिता पौडेललाई रु २० हजार र कुश्मा नगरपालिका, खुर्कोट निवासी सङ्गीता शर्मालाई रु २० हजार रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण मिर्गौला रोगको गतिलो गरी उपचार गर्न नपाएका उनीहरुलाई थोरै भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो ।
उक्त रकम शनिबार पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पीडितलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा लामिछानेले मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा रहेर विभिन्न काम गर्देै आएको भन्दै आर्थिक स्थिति कमजोर रहेका तथा मिर्गौलापीडित परिवारको पहिचान गरी आर्थिक सहयोग हस्तान्तरण गर्नु निकै सराहनीय काम रहेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...












