कहिले हेर्न पाइएला श्रीपेच?
काठमाडौं- नारायणहिटी दरबार संग्रहालय पुग्ने जोकोहीलाई लाग्छ, श्रीपेच कहाँ छ? राजसंस्थाको प्रतीक मानिने श्रीपेच त्यहाँ देख्ने गरी राखिएको भने छैन। अब भने दरबार संग्रहालय पुग्नेको यो इच्छा पूरा हुनेछ।
सग्रंहालयका प्रमुख रोहितकुमार ढुंगानाले विविध कारण श्रीपेच सार्वजनिक गर्न ढिलाइ भए पनि चाँडै यस्तो व्यवस्था मिलाइने जानकारी दिए।
‘श्रीपेच देखाउन संग्रहालय जहिले पनि तयार छ। केही प्राविधिक प्रक्रिया पूरा हुनेबित्तिकै प्रदर्शनीमा राखिनेछ,’ उनले भने, ‘नयाँ वर्षभित्रै प्रदर्शनीमा राख्ने लक्ष्य छ।’
संग्रहालयमा श्रीपेच, राजदण्ड, रानीले प्रयोग गर्ने टायरा, झिँगाबाट बच्न प्रयोग गरिने सुनको चमर, तत्कालीन समयमा राष्ट्रिय सभामा प्रयोग गरिने मेस, राजतरबार लगायत बहुमूल्य सामग्री प्रदर्शनीमा राखिनेछ।
अहिले श्रीपेच नारायणहिटी दरबारको सैलुन कक्षमा नेपाली सेनाको २४ घन्टे पहरामा राखिएको छ। भूकम्पले श्रीपेच राख्ने ‘इन्टिग्रेटेड सर्भिलेन्स सेक्युरिटी सिस्टम’ को उपकरणमा क्षति पुर्याएकाले सार्वजनिक गर्न केही ढिलाइ भएको दाबी उनले गरे।
‘मन्त्रालयबाट उपकरण मर्मतसम्भारको बजेट आइसकेको छ। दुई–तीन महिनाभित्रै बिग्रिएका उपकरण बनाइसक्छौं,’ उनले भने, ‘सबै सुरक्षा निकायका सुरक्षाविज्ञले श्रीपेचको सुरक्षा निर्क्याेल गरेपछि मात्रै प्रदर्शनीमा राखिनेछ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६७ सालमा श्रीपेच संग्रहालयमा प्रदर्शनी गर्न मन्त्रालयका सहसचिव नारायण रेग्मीको संयोजकत्वमा सातसदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले उपयुक्त सुरक्षा रणनीति अपनाएर दरबारको सुर्खेत कक्षमा राखेर प्रदर्शन गर्न सुझाएको थियो।
कार्यदलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाविज्ञले सुरक्षाको निर्क्याेल गरेपछि मात्रै बुलेटप्रुफसहितको अत्याधुनिक उपकरणमा राख्न सुझाएको थियो।
‘२०७१ चैतको अन्तिमबाटै श्रीपेच प्रदर्शनी गर्ने तयारीमा जुटिरहेका थियौं। सरकारी प्रक्रिया अघि बढ्दाबढदै भूकम्प आयो,’ संग्रहालय प्रमुख ढुंगानाले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले केही समयअघि संग्रहालय अवलोकन गरेर श्रीपेच सार्वजनिक गर्न संग्रहालयलाई निर्देशन दिएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालय श्रीपेच जनतालाई देखाउने पक्षमा रहेको बताए। ‘मन्त्रालयले श्रीपेच प्रदर्शनीमा राख्न घच्घच्यारहेका छौं,’ उनले भने, ‘प्रदर्शनी गर्न सुरक्षा चुनौती देखिएको छ।’
संस्कृति महाशाखाका सहसचिव भरतमणि सुवेदीले श्रीपेच सार्वजनिक गर्न केही अप्ठेरा भए महाशाखाका तर्फबाट बाधाअड्चन फुकाउने प्रतिबद्धता व्यक्त गरे। राजतन्त्र अन्त्यपछि तत्कालीन राजाले दरबार त्यागेपछि स्थापना गरिएको नारायणहिटी दरबार संग्रहालय प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ फागुन १५ गते उद्घाटन गरेका थिए। त्यसयता सर्वसाधारणका लागि अवलोकन खुला गरिएको संग्रहालयमा अहिलेसम्म श्रीपेच भने देखाइएको छैन।नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












