समृद्धिको नारा जनताको दैलोदैलोमा पु¥याउन मोरङमा सक्षम नेतृत्वको खाँचो छ : विनोद ढकाल

३२ वर्ष अघि विद्यार्थी राजनीतिबाट अघि बढेका विनोद ढकाल अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष भएर देशभरका विद्यार्थीको हकहितमा बोल्दै आउनुभयो । मोरङ जिल्लामा एकपटक पार्टी अध्यक्ष समेत हुनु भएका ढकाल अहिले पुन अध्यक्षकै लागि चुनावी मैदानमा हुनुहुन्छ । ८ औं जिल्ला अधिवेशनको निर्वाचन २७ गतेदेखि हुनेछ । यसै सेरोफेरोमा ढकालसँग गरिएको कुराकानी :
कस्तो चल्दैछ प्रचारप्रसार ?
मुलत तः यो पार्टी भित्रको आन्तरिक चुनाव हो । प्रतिनिधी छनोट भएर आएका साथीहरुसँग भेटघाट गर्ने, टेलिफोनमा कुराकानी गर्ने र पार्टी भित्रका विविध पक्षका विषयमा कुराकानी गर्ने र राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्ने जस्ता कृयाकलाप नै प्रचारप्रसारको आधार हो । अरु बाह्य शक्तिसँग लडेजस्तै यो चुनाव होइन, त्यसैले पनि भेटघाट र कुराकानी नै प्रचार प्रसारको माध्यम हो ।
कार्यकर्तामा कस्तो उत्साह देख्नुहुन्छ ?
अहिलेको राष्ट्रिय राजनीति एमालेको नेतृत्वमा छ । एमालेले राष्ट्रवादी अडान लिएर जनता माझ गइरहेको छ । देशभित्र र बाहिर मोर्चाबन्दी भइरहेका बेला कार्यकर्ताहरुले यसलाई फेस गर्नसक्ने नेतृत्व चाहेका छन् । खास गरेर पछिल्लो समयमा एमालेले आर्थिक समृद्धीको नारा सँगसँगै लगेका कारणपनि कार्यकर्तामा उत्साह छ । हाम्रो पार्टीका आदरणीय नेता केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला आर्थिक समृद्धिको र विकासका बाटाहरु खोलिएका छन् । देश आर्थिक समृद्धितर्फ उन्मुख भएको छ । देशका सवै भागमा विकासलाई उत्तिकै प्राथमिकता दिइएको छ । अझ हामी यस क्षेत्रका जनतालाई विकासले झनै समेटेको छ । हुलाकी राजमार्ग निर्माण अभियान, मधेशका सदरमुकामका विकासलाई विशेष जोड, मधेशका गरिब–दुखीलाई बसोबासको व्यवस्थाका लागि घर निर्माण गरिदिने अभियानले मधेशका जनतापनि एमालेप्रति आकर्षित भएका छन् । यसर्थ सवैतिर उत्साह छ । यहि उत्साहको जगमा नेतृत्वका लागि साथीहरुले मलाई अगाडि सार्नुभएको छ ।
कार्यकताहरुले विनोद ढकाललाई नै रोज्नुपर्ने के कारण छ ?
हुन त : अघि मेलै भनिसके कार्यकतामा देखिएको उत्साहलाई जोगाउदै आम नागरिकमा समृद्धिको नारा पु¥याउन जिल्ला नेतृत्वको खाँचौ छ । अहिलेको एमालेको अडान र विचारलाई जनताका माझमा सशस्त रुपमा लैजान सक्ने नेतृत्व जनताले खोजेका छन् । जनताको भावना कार्यकतामार्फत प्रतिबिम्बित भएको छ । यहि भावनालाई आत्मसात गरेर नै मलाई साथीहरुले अघि सार्नु भएको हो । कार्यकर्ताहरुले पार्टीलाई एकबद्ध बनाउने नेतृत्व खोजेका छन् ।
अहिले जनताले पार्टीको दृष्टिकोण र विचारसँगै नेतासँग पहुँच पनि खोजेका हुन्छन् । बुझ्ने गरि भन्दा मर्दापर्दाको साथी पनि नेता बनुन् भन्ने चाहना कार्यकतामा हुन्छ ।
के यो कुरा तपाईमा पाउन सकिन्छ ?
म पार्टीको विचारलाई सशक्त रुपमा बोक्न सक्छु । हिजो विद्यार्थी राजनीतिबाट प्रशिक्षित भएर अनेरास्ववियुको नेतृत्वदायी भुमिकामा समेत रहेकाले पार्टीको नीति सिद्धान्तलाई राम्ररी बुझेर जनता माझ पु¥याउन निरन्तर ३२ वर्षदेखि क्रियाशिल छु । कुुरा जनता सँंगको पहुँचको रह्यो मलाई लाग्छ, सिंगो मोरङ एमाले पंक्तिका दुःख सुखमा पुगेको छु । चाहे त्यो अस्पतालको शैयामा छटपटाईरहेको कायकर्ता या तिनका आफन्त या उनीहरुको आफन्तमा परेका वियोगका पिडामा पनि म सहभागी हुदै आएको छु । हरेक कार्यकताले दु:ख परेर सम्झदा उनीहरु संगै रहने प्रयत्न गर्दै आएको छु । पार्टीको कुनै पनि सक्रिय पदमा रहदा या नरहँदा पनि जनताको घर दैलोमा पुगिरहेकै छु । पार्टीको मुल पंक्तिलाई आग्रह र पुर्वाग्रह बिना सहयोग गर्दै आएको छु । अहिले पनि जनताले चाहेको बेला मेरो उपस्थितीलाई प्रभावकारी बनाउने प्रयास जारी छ । यसकारण पनि मेरो सामिप्यता कार्यकता र जनतासँग उत्तिकै छ ।
अहिलेको परिस्थितीमा तपाईले जित्ने आधारहरु के के हुन् ?
हुन त अघि गरिएका कुराकानीबाटै मेरा जित का आधारहरु छर्लङ्ग भएका छन् । तथापी पार्टी संगठनको गतिशिलता र हरेक तहमा पार्टी पुग्ने कुरा महत्वपूर्ण हुने रहेछन् । मेलै मेरा गतिविधी मात्र होइन पार्टीका आम कार्यक्रम जनता सँग पु¥याएको थिए । त्यसो हुनाले पनि मेरा आधारहरु जिवित छन् । म विरुद्ध भित्र र बाहिर यदाकदा गरिने टिप्पणीहरु गलत सावित भएका छन् । पार्टीलाई चुस्त र दुरुस्त बनाउन र आम कार्यकताको भावना समेट्न सक्ने क्षमता म मा रहेको कार्यकर्ताले महसुस गरेका छन् । हामीले विगतको कामको समिक्षा गर्ने हो भनेपनि नेतृत्वले सहि ढंगले म्यानेज गरेको भए मोरङ क्षेत्र नम्बर ३ र ९ मा पनि चुनाव जित्थ्यौं । यो तथ्यले नेतृत्व कस्तो हुनुपर्छ भन्ने कार्यकर्ताले बुझेका छन् । पार्टीका विभिन्न कमिटीहरु एकबद्ध बनाउने सवालमा नेतृत्व चुकेको महशुष कार्यकर्ताले गरेका छन् । यसकारण पन िमेरो जित्ने आधारहरु बलियो भएको छ । अहिले आएका प्रतिनिधिहरुको छनौट र उत्साहले आधारहरु तयार भएका छन् ।
कतिपय अवस्थामा तपाईलाई विकृती विसङ्गतीलाई संरक्षण गरेको आरोप लाग्छ नी ?
३२ वर्षे राजनैतिक यात्रामा विनोद ढकाल खुल्ला किताब हो । राजनैतिक यात्रामा म सँग नजिक हुने र मलाई चिन्नेहरुले मेरो व्यवहार हेरेर म कस्तो हुँ भन्ने कुरा बुझ्छन् । नेकपा एमाले भनेको बर्खामा उर्लिएको खहरे खोला होइन, यो एउटा विशाल समुन्द्र हो । समुन्द्रभित्र अनेक थरी जिवहरु हुन्छन् । ति सबैका अस्तित्वलाई स्वीकार्नु पर्छ । समुन्द्र भित्र कहिले काँहि कुनै एउटा जिवले ठुलो हल्ला गरो वा टाउको हल्लायो भन्दैमा त्यसलाई मार्ने भन्दा त्यसको बाध्यता र परिस्थितीलाई बुझेर म्यानेज गर्नुपर्छ । पार्टीमा धेरै कार्यकताहरु छन् । सबै कार्यकताले नेतृत्वसँग संरक्षण खोजेका हुन्छन् । त्यो स्वभाविक हो कहिलेकाँही हामी सामान्य कुरालाई तिललाई पहाड बनाउने गछौँ । मेरो बुझाईमा मलाइ लाग्ने गरेको कतिपय आरोप पहाड हो । हामी अहिले यो कुरा उठाउनेहरुका आसेपासे र तिनका सहयोगी कस्ता छन् भनेर विचार गयौँ भने सबै कुरा छर्लङ हुन्छ । मैले कुनै विकृती र विसंगतीलाई संरक्षण गरेको छैन र गर्दिन पनि ।
तपाईसँग चुनावी प्रतिस्पर्धामा प्रतिद्धन्दीहरुको तर्फबाट पनि जित सुनिश्चित छ भनेर तंथ्याकहरु बाहिर आईरहेका छन् ।
तपाईका सहयोगीले पनि जितको तंथ्याक प्रस्तुत गरिरहेका छन् , यथार्थ के हो ?
तपाई पत्रकार मित्रले पक्कै पनि यी सबै कुरा बुझेको हुनुपर्छ । २७ गते पछि कुन तंथ्याक सहि कुन गलत हो भन्ने थाहा पाउनु हुनेछ ।
अन्त्यमा कार्यकतालाई के भन्न चाहनुहुन्छ ?
अहिलेको आवश्यकतालाई मुल्याङ्कन गर्नुस र पार्टीलाई एक ढिक्का बनाएर कसले अगाडि बढाउन सक्छ त्यो मनन गर्नुस् । फराकिलो छाति बनाएर पार्टीको नीति सिद्धान्तलाई जनता माझ पु¥याउन कसले सक्छ त्यो मुल्याङ्कन गर्नुस । अबको दुनियाँमा सङ्कीर्ण मानसिकताले अगाडि बढन सकिदैन् । अरु माथि गलत लाञ्छना लगाउनु पनि हुँदैन । म सबै विचारहरुको सम्मान गर्छु । सबैलाई समान रुपमा हेरेर अघि वढ्ने प्रण गर्छु । त्यसैले पनि कार्यकता र अग्रजहरुले म प्रति माया दर्शाउनु हुनेछ भन्ने अपेक्षा राखेको छु ।
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












