फिफाको वर्षको उत्कृष्ट खेलाडीमा रोनाल्डो चुनिए
काठमाडौं, २६ पुस । क्रिस्टियानो रोनाल्डो फिफाको वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन्। ज्युरिचमा सोमबार राति आयोजना गरिएको भब्य कार्यक्रममा रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोले उत्कृष्ट खेलाडीको होडमा लियोनल मेसी र एन्टोन ग्रिजमनलाई उछिनेका हुन् । डिसेम्बरमै मात्र ३१ वर्षीय रोनाल्डोले बेलन डे’अर उपाधि पनि जितेका थिए । गत वर्षसम्म दुवै अवार्ड संयुक्त रूपमा प्रदान गरिन्थ्यो । यसै पल्टदेखि फिफाले अलगै जाने निर्णय गरेको थियो ।
तर रोनाल्डोलाई यी दुवै अवार्ड जित्नबाट कसैले रोक्न सकेनन् । सन् २०१६ मा उनको प्रदर्शन नै यस्तै थियो । पोर्चुगलका लागि एकातर्फ उनले युरो २०१६ जिते । अर्कातर्फ रियलका लागि जिते, युरोपेली च्याम्पियन्स लिग । यी दुवै उपाधि जितेको स्थितिमा रोनाल्डोलाई उनका खास प्रतिद्वन्द्वी मेसीले बलियो टक्कर दिन सकेनन् । फेरि रोनाल्डोको व्यक्तिगत प्रदर्शन पनि गजब थियो । उनले सन् २०१६ मा कुल ४४ खेल खेले, त्यसमा ४२ गोल गरे ।
अनि १४ गोलमा सहयोगी भूमिका निभाए । अवार्ड जितेयता उनको प्रतिक्रिया थियो, ‘मेरो खेल जीवनमा सन् २०१६ सबैभन्दा उत्कृष्ट रह्यो । पोर्चुगलका लागि युरो जित्नु गजब थियो, अनि यसबीच रियलका लागि च्याम्पियन्स लिग र क्लब वल्र्ड कप जित्नुलाई पनि कसरी बिर्सन सकिन्छ ? त्यसैले यी सबै पृष्ठभूमिमा फिफाको यो अवार्ड जित्नुले ठूलो खुसी दिएको छ । यसमा मलाई गर्व पनि छ ।’ बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीले स्पेनी ला लिगा त जिते, तर आफ्नो देशलाई कोपा अमेरिका दिलाउन सकेनन् ।

मेसी उत्कृष्ट खेलाडीको सूचीमा दोस्रोमा रहे । एटलेटिको म्याड्रिडका फ्रान्सेली खेलाडी ग्रिजमन तेस्रोमा रहे । उनले आफ्नो देशका लागि युरो २०१६ राम्रो खेलेका थिए । यसपल्टको फिफा वर्ष यसअघिका भन्दा फरक र विशेष दुवै रह्यो । पछिल्लो छ वर्षसम्म फिफाले फ्रान्सेली फुटबल पत्रिकाले दिने अवार्डसँग सहकार्य गरेको थियो । यसपल्ट भने यसलाई कायम राखेन् । फिफाले यसलाई ‘बेस्ट फिफा फुटबल अवार्ड’ भनेको छ । त्यसैले यसलाई अवार्डको पहिलो संस्करण भन्दा पनि फरक पर्दैन् ।
यसपल्टको अवार्डका लागि मतदान गर्नेमा थिए, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र कप्तान, केही खास खास फुटबल पत्रकार । अनि पहिलो पल्ट अललाइन मतदातको पनि सहयोग लिइएको थियो । यस्तोमा प्रत्येक पक्षले २५ प्रतिशत मत थियो । यता मतदानमा रोनाल्डोले ३४.५४ प्रतिशत मत पाए । यस्तै मेसीको पक्षमा २६.४२ र ग्रिजमनको पक्षमा ७.५३ प्रतिशत मत रह्यो । फिफाले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड भने लेस्टर सिटीका क्लाउडियो रेनेरीलाई दिए ।एजेन्सी
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












