फिफाको वर्षको उत्कृष्ट खेलाडीमा रोनाल्डो चुनिए
काठमाडौं, २६ पुस । क्रिस्टियानो रोनाल्डो फिफाको वर्षको उत्कृष्ट खेलाडी चुनिएका छन्। ज्युरिचमा सोमबार राति आयोजना गरिएको भब्य कार्यक्रममा रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोले उत्कृष्ट खेलाडीको होडमा लियोनल मेसी र एन्टोन ग्रिजमनलाई उछिनेका हुन् । डिसेम्बरमै मात्र ३१ वर्षीय रोनाल्डोले बेलन डे’अर उपाधि पनि जितेका थिए । गत वर्षसम्म दुवै अवार्ड संयुक्त रूपमा प्रदान गरिन्थ्यो । यसै पल्टदेखि फिफाले अलगै जाने निर्णय गरेको थियो ।
तर रोनाल्डोलाई यी दुवै अवार्ड जित्नबाट कसैले रोक्न सकेनन् । सन् २०१६ मा उनको प्रदर्शन नै यस्तै थियो । पोर्चुगलका लागि एकातर्फ उनले युरो २०१६ जिते । अर्कातर्फ रियलका लागि जिते, युरोपेली च्याम्पियन्स लिग । यी दुवै उपाधि जितेको स्थितिमा रोनाल्डोलाई उनका खास प्रतिद्वन्द्वी मेसीले बलियो टक्कर दिन सकेनन् । फेरि रोनाल्डोको व्यक्तिगत प्रदर्शन पनि गजब थियो । उनले सन् २०१६ मा कुल ४४ खेल खेले, त्यसमा ४२ गोल गरे ।
अनि १४ गोलमा सहयोगी भूमिका निभाए । अवार्ड जितेयता उनको प्रतिक्रिया थियो, ‘मेरो खेल जीवनमा सन् २०१६ सबैभन्दा उत्कृष्ट रह्यो । पोर्चुगलका लागि युरो जित्नु गजब थियो, अनि यसबीच रियलका लागि च्याम्पियन्स लिग र क्लब वल्र्ड कप जित्नुलाई पनि कसरी बिर्सन सकिन्छ ? त्यसैले यी सबै पृष्ठभूमिमा फिफाको यो अवार्ड जित्नुले ठूलो खुसी दिएको छ । यसमा मलाई गर्व पनि छ ।’ बार्सिलोनाका अर्जेन्टिनी खेलाडी मेसीले स्पेनी ला लिगा त जिते, तर आफ्नो देशलाई कोपा अमेरिका दिलाउन सकेनन् ।

मेसी उत्कृष्ट खेलाडीको सूचीमा दोस्रोमा रहे । एटलेटिको म्याड्रिडका फ्रान्सेली खेलाडी ग्रिजमन तेस्रोमा रहे । उनले आफ्नो देशका लागि युरो २०१६ राम्रो खेलेका थिए । यसपल्टको फिफा वर्ष यसअघिका भन्दा फरक र विशेष दुवै रह्यो । पछिल्लो छ वर्षसम्म फिफाले फ्रान्सेली फुटबल पत्रिकाले दिने अवार्डसँग सहकार्य गरेको थियो । यसपल्ट भने यसलाई कायम राखेन् । फिफाले यसलाई ‘बेस्ट फिफा फुटबल अवार्ड’ भनेको छ । त्यसैले यसलाई अवार्डको पहिलो संस्करण भन्दा पनि फरक पर्दैन् ।
यसपल्टको अवार्डका लागि मतदान गर्नेमा थिए, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र कप्तान, केही खास खास फुटबल पत्रकार । अनि पहिलो पल्ट अललाइन मतदातको पनि सहयोग लिइएको थियो । यस्तोमा प्रत्येक पक्षले २५ प्रतिशत मत थियो । यता मतदानमा रोनाल्डोले ३४.५४ प्रतिशत मत पाए । यस्तै मेसीको पक्षमा २६.४२ र ग्रिजमनको पक्षमा ७.५३ प्रतिशत मत रह्यो । फिफाले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड भने लेस्टर सिटीका क्लाउडियो रेनेरीलाई दिए ।एजेन्सी
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











