कविताःअङग्रेजी प्रोफेसर
हिउँ जस्तै सेतो कपाल
ठूलो पावरदार चस्मा
मिलेको जीउडाल
उनी छन अङग्रेजीका प्रोफेसर
विश्वविद्यालयको पहिलो दिन
उनले अङग्रेजी मै दिए
लेक्चर,
मैले नुझेरै टाउको हल्लाए
साथीहहास्दा म पनिहासिदिए
उनले सुनाए जीवनदर्शन र
पाश्चात्य साहित्यका कुरा अङग्रेजीमै
मैले केहीनबुझेर धेरै कुरा बुझेझै
तालीबजाए सहपाठीहरु संगै मुस्कुराए
एक दिन मैले उनलाई
नपाली मै सोधे
सर के तपाई
अङग्रेजी मै सपना देख्नु हुन्छ ?
अङग्रेजीमै मन मनै बात गर्नु हुन्छ ?
कथा, कवितापनिअङग्रेजी मै देख्नु हुन्छ ?
कितपाई सास पनिअङग्रेजी मै फेर्नु हुन्छ ?
सबै विद्यार्थीहरु गल्लल हाँसे र
कक्षामा शून्यता छायो
ती प्रोफेसरबाट उत्तरको सट्टामा
‘यु’ ‘ननसेन्स’ ‘स्ट्याण्ड अप’
भन्ने गालीआयो ।
अर्को दिन मैले फेरी
प्रश्न गरे त्यापनि नेपालीमै
सरअङग्रेजीनजाने के हुन्छ ?
के जीवनको ढोका बन्द हुन्छ ?
के सारा संसार अन्धकार हुन्छ ?
मान्छे निकम्बा हुन्छ?
उनले त्यो प्रश्नको पनिउत्तर दिएनन्
तर मन मनै भने होलान कस्तो
कामनलाग्ने अङग्रेजी पनि नजान्ने
सिल्ली र पाखे विद्यार्थी रहेछ ।
अङग्रेजी प्रोफेसरको ४५ मिनेटको कक्षा
मलाई ठूलै सजाय जस्तो लाग्छ
उनी आफ्नै सुरमा बर्बराउछन्
मलाईअङग्रेजीले साहै निन्द्रा लाग्छ
हो जुनदिनउनको कक्षाखाली हुन्छ
त्यसै दिन मात्र विश्वविद्यालयको
सजायबाट मुक्ति पाए जस्तो लाग्छ
मनले भन्छ कस्तो शिक्षा लिदैछौं हामी
कस्तो सर्टिफिकेट बाढ्दैछ विश्वविद्यालय
अलमलमा छन् म जस्ता कयौं विद्यार्थीहरु
म भन्दा पनि अलमलमा छन् ति प्रोफेसर ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...












