धुलो र हिलोले विराटनगरका सडक अस्तव्यस्त

पथरी (मोरङ), २८ पुस ः विराटनगरका सबै सडक भत्काइएपछि स्थानीयवासीलाई सास्ती सुरु भएको छ । विराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत अझै नागरिक सास्तीमुक्त भएका छैनन् ।
विराटनगर–१० का स्थानीयवासी राजकुमार ढुङ्गाना भन्नुहुन्छ, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो ।” जताततै धुलो र पानी पर्दा हिलाम्ये हुने गरी बिग्रे–भत्केका सडकले पूर्वको व्यापारिक केन्द्र विराटनगरका सडक भद्रगोल भएका छन् ।
यी सडकमा यतिबेला सबैभन्दा धेरै काम भइरहेका छन् । विराटनगरको रोडशेष नजिकै रहेको साल्ट्रेडिङबाट सुरु भएको काम एक वर्ष बितिसक्दा बल्ल गुद्री नजिकै आइपुगेको छ । भत्काइएका सडकबाट निस्किएको धुलोका कारण विराटनगरका धेरै घरमा बिरामी बढेको विराटनगर–१ पोखरियाकी देवी गौतमको भनाइ छ ।
उहाँले भन्नुभयो, “भनीसाध्य छैन घरमा दिनहुँ बिरामी हुन्छन् ।” विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु, कामलाई तीव्रता दिन नसक्नु, अनि एक किलोमिटरको दूरीको कामलाई महिना दिन लगाउनुले अर्को एउटा जिज्ञासा सिर्जना गरेको छ । अहिले विराटनगरको मुख्य राजमार्ग कोसी राजमार्गअन्तर्गतको रोडशेष चोकदेखि मुनालपथसम्म हिँड्नै नसक्ने अवस्था छ । त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्किएको धुलोबाट सिर्जित समस्या हो ।
परियोजनामार्फत काम सुरु भएको तीन वर्ष पुगिसकेको छ । पहिलो चरणमा रु तीन अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी, रु तीन अर्ब २० करोड रकम अझै यही कामका लागि भित्र्याउने तयारी भइरहेको छ । तर यसले विराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन् ।
अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । एकातिर सवारीको चाप बढ्दै गएको विराटनगरको अस्तव्यस्तताको बाबजुद निर्माणको कामले तीव्रता पाएको परियोजनाले दाबी गरेको छ ।
सडकको निर्माणमा ६ लेन सडक परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् । एकातिर अहिले नै ६ लेनको काम एकातिर छ ।
अबको जेठ सम्ममा पहिलो चरणको रु तीन अर्ब ४० करोड सकिने गरी काम भइरहेको र त्यसपछिको काम अर्को सम्झौतापछि सुरु हुने विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाका उपेन्द्र बरालको भनाइ छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












