बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रवेश
काठमाडौं २८ पुस । बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रबेश गरेको छ । एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्दै बार्सा प्रतियोगीताको अन्तिम आठमा प्रबेश गरेको हो । पहिलो लेगमा २–१ ले पराजित भएपनि बार्साले घरेलु मैदान नाउ क्याम्पमा ३–१ को जित निकाल्यो । एथ्लेटिको बिल्बाओबिरुद्धको खेलमा गएराती बार्साका तीनै स्टार चम्किए । खेलको ३५ औ मिनेटमा लुईस स्वारेजको गोल मार्फत बार्साले अग्रता बनाएको थियो । बार्साका लागी १ सय २० औ खेल खेलेका स्वारेजले गरेको पछिल्लो गोल क्लबका लागी एक सयौ गोल हो । ब्रजिलियन स्टार नेयमारले पेनाल्टि मार्फत गोल गर्दै दोस्रो हाफको सुरुवातमै बार्साको अग्रता दोब्बर पारेका थिए । तर खेलको ५१ औ मिनेटमा साबोरिट टेक्सिडोरले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बार्साका लागी लियोनल मेसिले ७८ औ मिनेटमा गोल गरेपछि स्पेनी क्लब अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
लिभरपुल पराजित उता लिभरपुललाई पराजित गर्दै साउथहेप्टनले ईएफएल कपमा सेमिफाईनल प्रबेशको सम्भावना बलियो बनाएको छ । सेन्ट मेरिजमा गएराती भएको पहिलो लेगमा घरेलु टोली साउथहेप्टनले लिभरपुललाई १–० ले पराजित गर्यो । उसको जितमा खेलको २० औ मिनेटमा नाथन रेडमण्डले निर्णायक गोल गरे । दोस्रो लेग एन्फिल्डमा आगामी जनबरी २५ मा हुनेछ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












