बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रवेश
काठमाडौं २८ पुस । बार्सिलोना कोपा डेल रे कप फुटबलको क्बाटरफाईनलमा प्रबेश गरेको छ । एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ गोल अन्तरले पराजित गर्दै बार्सा प्रतियोगीताको अन्तिम आठमा प्रबेश गरेको हो । पहिलो लेगमा २–१ ले पराजित भएपनि बार्साले घरेलु मैदान नाउ क्याम्पमा ३–१ को जित निकाल्यो । एथ्लेटिको बिल्बाओबिरुद्धको खेलमा गएराती बार्साका तीनै स्टार चम्किए । खेलको ३५ औ मिनेटमा लुईस स्वारेजको गोल मार्फत बार्साले अग्रता बनाएको थियो । बार्साका लागी १ सय २० औ खेल खेलेका स्वारेजले गरेको पछिल्लो गोल क्लबका लागी एक सयौ गोल हो । ब्रजिलियन स्टार नेयमारले पेनाल्टि मार्फत गोल गर्दै दोस्रो हाफको सुरुवातमै बार्साको अग्रता दोब्बर पारेका थिए । तर खेलको ५१ औ मिनेटमा साबोरिट टेक्सिडोरले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बार्साका लागी लियोनल मेसिले ७८ औ मिनेटमा गोल गरेपछि स्पेनी क्लब अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
लिभरपुल पराजित उता लिभरपुललाई पराजित गर्दै साउथहेप्टनले ईएफएल कपमा सेमिफाईनल प्रबेशको सम्भावना बलियो बनाएको छ । सेन्ट मेरिजमा गएराती भएको पहिलो लेगमा घरेलु टोली साउथहेप्टनले लिभरपुललाई १–० ले पराजित गर्यो । उसको जितमा खेलको २० औ मिनेटमा नाथन रेडमण्डले निर्णायक गोल गरे । दोस्रो लेग एन्फिल्डमा आगामी जनबरी २५ मा हुनेछ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











