एक हप्तापछि ‘घडी काण्ड’ बारे बोले पूर्वसेनापति छत्रमानसिंहका छोरा (विज्ञप्तिसहित)

काठमाडौं २९ पुस । पूर्वसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमान सिंह गुरुङ घडी काण्डबारे हप्ता दिनपछि बोलेका छन् । गुरुङको घडी नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले चोरेको आरोप लागेको थियो ।
खतिवडाले भने यस्तो आरोप लागे लगत्तै पत्रकार सम्मेलन गरेर आफूलाई कल्पनै गर्न नसक्ने आरोप लगाइएको बताएका थिए । राजधानीको र्यालडिसन होटलबाट प्रबलको घडी हराएको र खतिवडाको गोजीमा भेटिएको खबर सार्वजनिक भएपछि सांसदको चर्को आलोचना भएको थियो ।
यसै विषयमा प्रबलले बिहीबार विज्ञप्ति निकाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । गुरुङले घडीका बारेमा अफवाह फैलिएपछि आफूले केही भन्नैपर्ने आवश्यकता महसुस गरेर विज्ञप्ति सार्वजनिक गरेको बताएका छन् ।
प्रबलले घडी कांग्रेस सांसद् खतिवडाको गाेजिमा आफैले राखेको भन्दै उनले घडी चोरेको भन्ने समाचार गलत भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘क्लबको चेन्जिङ रुममा नेपाली कांग्रेसका ओखलढुंगा–२ का सांसद रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ,’ घडी काण्डबारे प्रष्ट पार्दै प्रबलको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए ।’
उनले घडी हराएको प्रसंगमा सांसद खतिवडाको नाम जोडिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सँगै उनले यो प्रसंगले सांसद खतिवडाको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति समेत दुःख व्यक्त गरेका छन् । ‘घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्,’ विज्ञप्तिमा थप भनिएको छ, ‘माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।’
प्रबलले घडीको आर्थिक स्रोत समेत सार्वजनिक गरेका छन् । ‘मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो,’ विज्ञप्तिमा भनेका छन् ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
मितिः २०७३/०९/२८
२०७३ साल पुस २० गते काठमाण्डौको लाजिम्पाटस्थित होटल र्याडिशनको हेल्थ क्लबबाट हराएको मेरो घडीका बारेमा विभिन्न अफवाह फैलिएपछि केही भन्नैपर्ने आवश्यकता महसुस गरेर यो विज्ञप्ति जारी गरेको छु ।
मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो । त्यसयता उक्त रोलेक्स घडी मैले लगाउँदै आएको थिएँ । घडी हराएको सम्बन्धमा जानकारी गराई म कामको सिलसिलामा भोलिपल्टै भारतको मुम्बई गएँ । नेपाल फर्केर आउँदासम्म घडी हराएको प्रसंगमा विभिन्न सञ्चार माध्यमहरुमा अफवाह फैलिएको पाएँ ।
त्यसदिन क्लबको चेन्जिङ रुममा नेपाली काँग्रेसका ओखलढुंगा-२ का सांसद तथा युवा नेता माननीय रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ । उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए । तर, हालै घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस् । साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।
प्रबलमानसिंह गुरुङ
काठमाडौं
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












