एक हप्तापछि ‘घडी काण्ड’ बारे बोले पूर्वसेनापति छत्रमानसिंहका छोरा (विज्ञप्तिसहित)

काठमाडौं २९ पुस । पूर्वसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमान सिंह गुरुङ घडी काण्डबारे हप्ता दिनपछि बोलेका छन् । गुरुङको घडी नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले चोरेको आरोप लागेको थियो ।
खतिवडाले भने यस्तो आरोप लागे लगत्तै पत्रकार सम्मेलन गरेर आफूलाई कल्पनै गर्न नसक्ने आरोप लगाइएको बताएका थिए । राजधानीको र्यालडिसन होटलबाट प्रबलको घडी हराएको र खतिवडाको गोजीमा भेटिएको खबर सार्वजनिक भएपछि सांसदको चर्को आलोचना भएको थियो ।
यसै विषयमा प्रबलले बिहीबार विज्ञप्ति निकाले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । गुरुङले घडीका बारेमा अफवाह फैलिएपछि आफूले केही भन्नैपर्ने आवश्यकता महसुस गरेर विज्ञप्ति सार्वजनिक गरेको बताएका छन् ।
प्रबलले घडी कांग्रेस सांसद् खतिवडाको गाेजिमा आफैले राखेको भन्दै उनले घडी चोरेको भन्ने समाचार गलत भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘क्लबको चेन्जिङ रुममा नेपाली कांग्रेसका ओखलढुंगा–२ का सांसद रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ,’ घडी काण्डबारे प्रष्ट पार्दै प्रबलको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए ।’
उनले घडी हराएको प्रसंगमा सांसद खतिवडाको नाम जोडिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सँगै उनले यो प्रसंगले सांसद खतिवडाको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति समेत दुःख व्यक्त गरेका छन् । ‘घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्,’ विज्ञप्तिमा थप भनिएको छ, ‘माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।’
प्रबलले घडीको आर्थिक स्रोत समेत सार्वजनिक गरेका छन् । ‘मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो,’ विज्ञप्तिमा भनेका छन् ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
मितिः २०७३/०९/२८
२०७३ साल पुस २० गते काठमाण्डौको लाजिम्पाटस्थित होटल र्याडिशनको हेल्थ क्लबबाट हराएको मेरो घडीका बारेमा विभिन्न अफवाह फैलिएपछि केही भन्नैपर्ने आवश्यकता महसुस गरेर यो विज्ञप्ति जारी गरेको छु ।
मेरो बुबा छत्रमानसिंह गुरुङलाई २०६६ माघ २७ गते सम्धी भेटका क्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट उक्त घडी प्रधानसेनापति निवास शशीभवनमा दिनुभएको थियो । त्यसयता उक्त रोलेक्स घडी मैले लगाउँदै आएको थिएँ । घडी हराएको सम्बन्धमा जानकारी गराई म कामको सिलसिलामा भोलिपल्टै भारतको मुम्बई गएँ । नेपाल फर्केर आउँदासम्म घडी हराएको प्रसंगमा विभिन्न सञ्चार माध्यमहरुमा अफवाह फैलिएको पाएँ ।
त्यसदिन क्लबको चेन्जिङ रुममा नेपाली काँग्रेसका ओखलढुंगा-२ का सांसद तथा युवा नेता माननीय रामहरि खतिवडाज्यूले राखेको ट्रयाकसुटको गोजीमा पर्न गएको मेरो घडीबारे जानकारी प्राप्त हुनासाथ उहाँले मेरा मित्र सिमान्त गुरुङलाई एसएमएस र टेलिफोनमार्फत खबर गर्नुभएको रहेछ । उक्त विषयमा सिमान्तले मलाई बम्बइमै रहेका बेला फोनबाट अवगत गराइसकेका थिए । तर, हालै घडी हराएको प्रसंगमा माननीय रामहरि खतिवडाज्यूको नाम जोडिएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट पर्न गएको भ्रम कसैमा नरहोस् । साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु ।
प्रबलमानसिंह गुरुङ
काठमाडौं
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












