कमिसन विवादमा हाकिममाथि हातपात प्रयास
सप्तरी, २९ पुस । कमिसनमा कुरा नमिलेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुखमाथि आफ्नै कर्मचारीबाट हातपातको प्रयास भएको छ । तथ्यांक अधिकृत छेदी यादवले कार्यालय प्रमुख हरिश्चन्द्र साहमाथि गालीगलोज गर्दै हातपातको प्रयास गरेका हुन्। तथ्यांक अधिकृत यादवले प्रमुख साहसमक्ष दुई साताअगाडि नै पुस्तक छपाइ तथा विभिन्न कार्यक्रमका बिल–भर्पाइ पेस गरेका थिए ।
कमिसनमा कुरा नमिलेकै कारण बिल–भर्पाइ अहिलेसम्म पास नभएको स्रोतको भनाइ छ । कुरा नमिलेपछि कार्यालय प्रमुख साहमाथि कार्यालय परिसरमै रहेको निवासमा हातपात प्रयास भएको हो । तथ्यांक अधिकृत यादवले आफूले सम्पन्न गरेको कार्यक्रमहरूको तत्काल रकम निकासा गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार पुस्तक छपाइ, अनमि भर्नाको विज्ञापनलगायतमा कार्यालय प्रमुख साह र तथ्यांक अधिकृत यादवबीच कुरा नमिलेको हो । यस्तै खरिद इकाइ समिति गठनमासमेत दुईजनाबीच विवाद रहेको बताइएको छ । साह डेढ महिनाअगाडि जनस्वास्थ्य प्रमुख भएर आएका हुन् ।
त्यसअघि केही समय यादवले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साह प्रमुख भएर आउनेबित्तिकै कार्यालयको विभिन्न फाँटको जिम्मेवारीमा हेरफेर गरेपछि दुईजनाबीच मनमुटाव हुन थालेको स्रोतको भनाइ छ । कार्यालय प्रमुख साह र अधिकृत यादवबीच भएको विवादका कारण दिनभर कार्यालयको कामकाज प्रभावित भएको थियो । घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












