कमिसन विवादमा हाकिममाथि हातपात प्रयास
सप्तरी, २९ पुस । कमिसनमा कुरा नमिलेपछि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुखमाथि आफ्नै कर्मचारीबाट हातपातको प्रयास भएको छ । तथ्यांक अधिकृत छेदी यादवले कार्यालय प्रमुख हरिश्चन्द्र साहमाथि गालीगलोज गर्दै हातपातको प्रयास गरेका हुन्। तथ्यांक अधिकृत यादवले प्रमुख साहसमक्ष दुई साताअगाडि नै पुस्तक छपाइ तथा विभिन्न कार्यक्रमका बिल–भर्पाइ पेस गरेका थिए ।
कमिसनमा कुरा नमिलेकै कारण बिल–भर्पाइ अहिलेसम्म पास नभएको स्रोतको भनाइ छ । कुरा नमिलेपछि कार्यालय प्रमुख साहमाथि कार्यालय परिसरमै रहेको निवासमा हातपात प्रयास भएको हो । तथ्यांक अधिकृत यादवले आफूले सम्पन्न गरेको कार्यक्रमहरूको तत्काल रकम निकासा गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार पुस्तक छपाइ, अनमि भर्नाको विज्ञापनलगायतमा कार्यालय प्रमुख साह र तथ्यांक अधिकृत यादवबीच कुरा नमिलेको हो । यस्तै खरिद इकाइ समिति गठनमासमेत दुईजनाबीच विवाद रहेको बताइएको छ । साह डेढ महिनाअगाडि जनस्वास्थ्य प्रमुख भएर आएका हुन् ।
त्यसअघि केही समय यादवले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । साह प्रमुख भएर आउनेबित्तिकै कार्यालयको विभिन्न फाँटको जिम्मेवारीमा हेरफेर गरेपछि दुईजनाबीच मनमुटाव हुन थालेको स्रोतको भनाइ छ । कार्यालय प्रमुख साह र अधिकृत यादवबीच भएको विवादका कारण दिनभर कार्यालयको कामकाज प्रभावित भएको थियो । घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











