संशोधन परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल

काठमाडौं, २९ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो।
संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिए।
“संविधान संशोधनबारे गहन कुराकानी भई संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अघि बढ्नुपर्छ, भनेर मधेसी मोर्चासँग अत्यन्तै सकारात्मक छलफल भएको छ” –उनले भने।
उपप्रधानमन्त्री निधिले संसद्मा पेस भएको निर्वाचनसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो पारित गराएर त्यसपछि निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको उल्लेख गरे।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे छलफल भएको बताइन्।
उनले संशोधन प्रस्तावलाई कसरी अघि बढाउने भन्नेबारे अझै छलफल गरेर पारित गर्नेबारे दुवै पक्षबीच सकारात्मक कुराकानी भएको बताइन्।
बैठकमा सहभागी मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल भएको बताए।
उनले संशोधन परिमार्जन के के विषयमा गर्ने भन्नेबारे सरकार र मोर्चासहितको गठबन्धनबीच छलफल र समझदारी गरी पारित गर्ने निर्णय भएको उल्लेख गरे।
बैठकमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी सिद्धान्त विपरीत एकपक्षीय ढङ्गले गरिएकामा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष यादवले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा मोर्चाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम नेपाल ‘गणतान्त्रिक’ का अध्यक्ष राजकिशोर यादवलगायत शीर्ष नेताको सहभागिता थियो ।
Comments
अरु समाचार
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...
-
आज खग्रास चन्द्रगहण, विशेष उपकरणविना नै हेर्न सकिने
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा मनाईंदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराइमा होली अर्थात्...











