मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पानी परियोजनाबीच समझदारी

सुर्खेत २ माघ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र दाईद्वारा परिचालित युएसएड नेपाल अन्तर्गतको पानी परियोजना विच समुदायमा आधारित रही समुदायकै नेतृत्व परिचालन गरी वातावरण परिवर्तन र स्वस्थ जैविक पूर्वाधारको संरक्षण गर्नका लागि दीर्घकालीन जलाधार व्यवस्थापन सम्बन्धी कार्य गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला र युएसएड नेपाल अन्तर्गतको पानी परियोजनाका प्रमुख एलेन टेलरले हस्ताक्षर गरेकाह्न ।
नेपालको आर्थिक आधार तथा जीविकोपार्जनमा पानीको महत्वपूर्ण भूमिका रही आएको छ । मध्यपश्चिमान्चल विश्वविद्यालय र पानि परियोजना प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै समावेशी तथा दीर्घकालीन आर्थिक उन्नतिका उपायहरुलाई बढावा दिंदै चरम गरिवी हटाउने सम्बन्धी कार्य गर्न सहमत भएका छन । नेपालमा रहेका जलाधारहरुको बहुउपयोग गर्दै वातावरनीय सन्तुलन कायम गर्दै जल आश्रित जैविक सम्पदाहरुलाई संरक्षण गर्नका लागि एकीकृत जलाधार व्यवस्थापन सम्बन्धी पाठ्यसामग्री तयार गरी विद्यार्थी,शिक्षक तथा जनस्तरमा चेतना जागरण गर्न दुवै संस्थाको पहल रहने छ ।
विश्वविद्यालयको अनुसन्धानको क्षेत्र, प्राज्ञिक उन्नयन तथा शिक्षक विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी मध्य पश्चिमान्चल विश्वविद्यालय र दाइद्वारा परिचालित युएसएड नेपाल अन्तर्गतको पानी परियोजना विच तिन बर्षे समझदारी शुक्रबार भएको छ । जलाधार आश्रित स्थानीय सरोकारवालाहरुको ज्ञान,सिप र अनुभवलाई समेटेर दिर्घकालिन संरक्षण रणनीति निर्माणका लागि मध्यपश्चिमान्चल विश्वविद्यालयलाई जलाधार सम्बन्धी अध्ययन प्रयोगशालाका रुपमा विकशित गर्ने सम्झौताको मुख्य मर्म रहेको छ ।
अन्ततः विश्वविद्यालय शिक्षण, अनुसन्धान र रचनात्मक कार्यहरूद्वारा आम नागरिकहरू तथा सिङ्गो समाजको समृद्धिमा क्रियाशील बनाई प्राकृतिक स्रोत साधन दोहनको माध्यम बनाउन विभिन्न आधारहरु निर्माण गरी समग्र राष्ट्रको आर्थिक समृद्धि र दिगो विकासमा टेवा पुर्याउने गरी स्थलगत अध्ययनमा आधारित पाठ्यक्रमहरु निर्माण गरी विद्यार्थी,शिक्षक हरुको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्ने सम्झौतामा जनाइएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












