सय घर उपभोक्ताका लागि खानेपानी वितरण
गाईघाट (उदयपुर), २ माघ । उदयपुर जिल्लाको पहाडी दुर्गम गाविस भुटार–१ मा सय घर उपभोक्ताका लागि खानेपानी वितरण कार्य सुरु भएको छ ।
जिल्ला खानेपानी डिभिजन कार्यालय तथा जिल्ला विकास समिति, उदयपुर र पेशोक नेपाल उदयपुरको साझेदारीमा तीन वर्षअघि स्थानीय गोगने खोलाबाट निर्माण कार्य सुरु भएको उक्त खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि अब पानी वितरण कार्य सुरु गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय, उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
उक्त गोगने खोला खानेपानी योजना निर्माण कार्य सम्पन्न गर्न रु ३८ लाख २९ हजार बजेटमा सम्पन्न भएको खानेपानी योजना निर्माणका सञ्चालनकर्ता, पेशोक नेपाल उदयपुरकी सिर्जना दनुवारले बताउनुभयो ।
तीन घर उपभोक्ताका लागि एक धारा वितरणको व्यवस्था गरिएको उक्त योजनामा ३१ धारा रहेका छन् ।
खानेपानी योजना सम्पन्न भएर पानी वितरण भएपछि अहिले स्थानीयवासीले डोकोमा गाग्री बोकेर डेढ घन्टा टाढाबाट पानी ल्याउनु पर्ने समस्या समाधान भएको स्थानीय जुनाकुमारी राईले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











