फुटबल खेल र एकेडेमीे एकसाथ सञ्चालन गर्दै सहारा क्लब
पोखरा, २ माघ । फुटबल खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन डेढ दशकअगाडि गठन भएको सहारा क्लब पोखराले पछिल्लो समय फुटबल खेलाउने र एकेडेमी सञ्चालन गर्ने अनुकरणीय काम गर्दै आएको छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने मूल नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले दर्शकले काटेको टिकटबाट बचेको रकमले सहारा एकेडेमी सञ्चालन गरी समाज सेवा गर्दै आएको छ ।
पोखरा रङ्गशालामा फुटबल खेलाउँदा पोखरेली दर्शक र प्रायोजकले दिएको उत्साहबाटै पोखरा १७ दोविल्लामा एकेडेमी सञ्चालन गर्न सम्भव भएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो । उहाँका अनुसार एकेडेमीमा हाल कास्कीसहित झापा, ताप्लेजुङ, चितवन, तनहुँ, स्याङ्जा, मुस्ताङ, म्याग्दी, बागलुङ, रुकुम, पाल्पा, पर्वत, गोरखा, डोल्पा, कैलाली र सुर्खेत गरी १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालकलाई आवासीय सुविधाको व्यवस्था गरिएको छ ।
एकेडेमीमा आश्रित बालकहरु लेखनाथ नगरपालिका–१६ स्थित शिशु कल्याण आधारभूत विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत छन् । बीसजना प्रवेशिका परीक्षा उत्तीर्ण गरी थप अध्ययन एवम् विभिन्न रोजगारीमा संलग्न भई आत्मनिर्भर बनेका छन् । “२०५९ सालमा पहिलो क्याराभान गोल्ड कप एवम् २०६० सालदेखि आहा गोल्डकप सञ्चालन सँगै आवासीय रुपमा एकेडेमी चलाउनु पर्दछ भन्ने सोचले मूर्तरुप लिएपछि यसको सञ्चालन गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो, “एकेडेमी स्थापनासँगै विभिन्न राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि यसको व्यवस्थित सञ्चालनका लागि थप प्रेरणा मिलेको छ ।”
एकेडेमी सञ्चालनकै लागि २०६३ सालमा पोखरा–१७ दोविल्लामा लगभग २८ लाख ५० हजार रुपैयाँ लागतमा २६ रोपनी जग्गा खरिद गरेसँगै उक्त परिसरमा तीनतल्ले भवन, मिनी प्याराफिट सहितको फुटबल मैदान लगायतका संरचना निर्माण गरिएका छन् । “भवनसहितका भौतिक संरचना तयार गर्न दुई करोडभन्दा बढीको लागत लागेको छ,” अध्यक्ष आचार्यले थप्नुभयो, “पोखरेली जनसमुदाय, सञ्चारमाध्यम, उद्योग व्यवसायीका साथै विभिन्न ठाउँमा रहेका क्लबका शुभेच्छुकको सहयोगले यो सम्भव भएको हो ।”
भौतिक संरचना निर्माणका लागि नेपाली समाज युकेबाट रु ७३ लाख, अरब एवम् कतारमा रहेका नेपालीबाट रु चार लाख २१ हजार, कोरिया तथा जापानमा हुने नेपालीबाट सहयोग आएको उहाँले बताउनुभयो । एकेडेमीको सञ्चालनका लागि प्रत्येक महिना लगभग दुई लाख रुपैयाँ लाग्ने गरेको छ र त्यसका लागि आहा रारा गोल्डकपका दर्शकले टिकट काटेर आएको रकमका साथै क्लबले दीपावलीका अवसरमा देउसी–भैलोबाट उठेको पैसा उपयोग गर्ने गरिएको छ ।
सञ्चालनको निरन्तरताका लागि क्लबले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ र आगामी दिन त्यसको दायरालाई अभैm फराकिलो बनाउँदै लाने सोच बनाइएको छ । दर्शकको उत्साह तथा सहयोगी मनकै कारण असहाय बालकलाई सहारा दिएर उनीहरुको शारीरिक एवम् मानसिक विकासमा सघाउन सकिएको अध्यक्ष आचार्य बताउनुहुन्छ ।
सहाराले दिएको अवसरसँगै फुटबल खेलका क्षेत्रमा अनिल गुरुङ, सुशील लामा, अजित भण्डारी र नवीन श्रेष्ठ जस्ता राष्ट्रिय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देशलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । सहाराले गरेको योगदानबाट प्रभावित भई फुटबल खेलको अन्तर्राष्ट्रिय संस्था फिफाले यसका गतिविधिलाई समेटेर तयार पारेको ‘हिमालको देशमा फुटबलभित्र लुकेको कथा’ विषयको वृत्तचित्रलाई अन्तर्राष्ट्रियकरण गरिसकेको छ ।
क्लबका सल्लाहकार एवम् वरिष्ठ पत्रकार नारायण कार्कीले क्लबले सेवाभाव र आर्थिक पारदर्शिताका साथ खेल खेलाउँदै एकेडेमी चलाउनु सामान्य कुरा नभएको बताउनुभयो ।
नेपाली फुटबल टोलीका क्याप्टेन अनिल गुरुङले सहारा क्लब आप्mनो फुटबल जीवनको पहिलो घर भएको बताउँदै आवासीय रुपमा सञ्चालित एकेडेमीले भविष्यमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
एकेडेमी परिसरमा रोटरी क्लब अफ फिस्टेलको संयोजन र रोटरी युकेको रु २२ लाख आर्थिक सहयोगमा बोरिङ गरी खानेपानी प्रवन्ध गरिएको क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो । क्लबका अनुसार पहिलो आहा रारा गोल्ड कपदेखि हालसम्म छ करोड ८३ लाख ३७ हजार दुई सय एक रुपैयाँ आम्दानी गरेकामा गोल्ड कप सञ्चालनमा चार करोड ६० लाख ५६ हजार ६ सय ९५ रुपैयाँ खर्च गरी दुई करोड २२ लाख ८० हजार पाँच सय छ बचत गर्न सकिएको छ जसलाई एकेडेमी सञ्चालनमा लगाइएको छ ।
यस वर्ष यही माघ ४ देखि १५ गतेसम्म सञ्चालन हुने पन्ध्रौँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगतामा स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहने क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक केशवबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगिताअन्तर्गत कुल एक करोड सात लाख रुपैयाँ आम्दानी एवम् ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गर्दै २५ लाख रुपैयाँ बचत गर्ने क्लबको लक्ष्य छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार र उपविजेताले दुई लाख ५१ हजार नगरसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । रासस
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












