राष्ट्रपति भवनलाई दुलही झै सिंगारियो,राष्ट्रपति भण्डारीले छोरी अन्माउँदै
काठमाडौं ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवासबाटै छोरी अन्माउने भएकी छन् ।
राष्ट्रपतिपुत्री निशाकुसुम भण्डारीको विवाह अभिशेष यादवसँग हुँदैछ । उनी पूर्वराष्ट्रपति रामवरण यादवका नाती हुन् ।
बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषले सात वर्षको प्रेम सम्वन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । अभिशेषकी आमा किरण यादव महोत्तरी-२ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद हुन् । किरण गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् ।
एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन् ।
विवाहका लागि राष्ट्रपति भवनलाई दुलही झै सिंगारिएको छ । र, शीतलनिवासको कोशी हलमा वैवाहिक समारोह हुनेछ । जन्ती ५१ जना भन्दा बढी नहुने बताइएको छ ।
विहेभोजमा भने १५ सय पाहुना उपस्थित हुने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि विवाह समारोहमा सहभागी हुन निम्तो दिइएको छ । निम्तालुहरुलाई मध्यान्ह १२ बजेर ५ मिनेटमा डाकिएको छ ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











