कोहलीद्धारा सचिनको कीर्तिमान भंग
पूणे २ माघ । भारतीय कप्तान विराट कोहलीले आफ्नो आर्दश तथा भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा कीर्तिमान भंग गरेका छन्। रन पछ्याउने क्रममा विजयी सतक बनाउने सचिनको कीर्तिमानलाई आइतबार कोहलीले तोडेका हुन्।
विराटले पहिलो एकदिवसीयमा कप्तानी गर्ने क्रममा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्न १ सय २२ रनको सतकीय इनिङ खेलेको थिए। उनले भारतलाई रन पछ्याएर विजय दिलाउने क्रममा १५ सतक पुरा गरेका हुन्। यसअघि रन पछ्याएर भारतलाई विजय दिलाउने क्रममा सर्वाधिक सतक बनाउने कीर्तिमान सचिनको नाममा थियो। सचिनले १४ सतक पुरा गरेका थिए।
एकदिवसीय क्रिकेट खेल्न थालेपछि विराटको उपस्थितिमा भारतले ३ सयभन्दा बढिको योगफल ८ पल्ट सफलतापूर्वक पछ्याएको छ। यसमा भारतलाई जित दिलाउन ६ पल्ट विराटले सतक बनाएका छन्।
भारतविरूद्धको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले ७ विकेटको क्षतिमा ३ सय ५० रन बनाएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौं पल्ट कुनै देशले सफलतापूर्वक ३ सय ५० भन्दा बढि रन सफलतापूर्वक पछ्याएको हो। यसमा भारतले तीन पल्ट जित सम्भव पारेको छ। भारतले २०१४–२०१५ को भारत भ्रमणमा अस्ट्रेलियाविरूद्ध जयपुरमा ३ सय ६० र ३ सय ५१ नागपुरमा सफलतापूर्वक पछ्याएको थियो। यी तीनवटै अवसरमा विराटले सतक बनाएका छन्।एजेन्सी
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











