एमटियुको अन्तरक्रिया कार्यक्रम सम्पन्न, यस्ता छन् भावी योजनाहरु

दक्षिण कोरिया, ३ माघ । प्रवासी मजदुर संगठन ‘एमटियु’को २०१७ नव आगन्तुक र सदस्यहरुलाई स्वागत,शुभकामान आदानप्रदानका साथै २०१६मा गरेको गतिविधीको मुल्याङ्कन र २०१७ को कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १५ जनवरीमा केसीटियुको ख्यंगी क्षेत्रीय कार्यालय सुवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कोरियामा प्रवासी मजदुरहरु आउने क्रम जारी रहेकोले प्रवासी मजदुरको सख्यमा वृद्धी भई रहेको छ । हाल प्रवेश गरेको नयाँ प्रवासी मजदुर ,एमटियुको नयाँ सदस्यलार्इ स्वागत,एक आपसमा शुभकामना आदानप्रदान, मित्रताको भावना वृद्धी गराउन, मजदुर संगठनको गतिबिधिको बारेमा, कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको एमटियु प्रचारप्रसार विभाग प्रमुख मधुसुधन ओझाले न्युज नेपाललाई जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा २०१६को एमटियुको गतिबिधिको समिक्षा र यस वर्षको कार्य योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै एमटियुको वरिष्ठ उपाध्यक्ष सेक आल मामुनले कोरियामा प्रवासी मजदुरहरु बिभिन्न किसिमको शोषण दमनमा परेको छन् । यसको बिरुद्ध सबै एक जुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसै क्रममा एमटियुको अध्यक्ष उदय राईले एमटियुको परिचय , प्रवासी मजदुरको हकअधिकारको प्राप्ति ,समानताकोलागि यसले गरेको अहिलेसम्मको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।अध्यक्ष राईले एमटियुको २०१७ कार्ययोजनाहरु पनि प्रस्तुत गर्नु भएको थियो। उहाँले मजदुर ३ अधिकार मजदुरलाई मात्र भएको यसको उपयोग गर्ने अधिकार पनि मजदुरलाई मात्र छ तर अहिले कोरियामा प्रवासी मजदुरले पूर्ण रुपमा उपयोग गर्न नपाई रहेको अवस्था छ ।
इपिएस अन्तर्गत प्रवासी मजदुरको अधिकार खोसिएको छ बिगतको दिनलाई हेर्नेहो भने थोरै शंख्या मा मात्र प्रवासी मजदुरहरु आफ्नो अधिकर र नियम कानुन सुधारको लागि सरकारलाई दबाब दिने गतिविधिमा सम्मिलित भएको पाइन्छ आउदा दिनमा सबै सक्रिय भएर लाग्नको लागि जोड दिनु भएको थियो । कार्यक्रममा एमटियु प्रचारप्रसार बिभाग प्रमुख मधुसुदन ओझाले प्रवासी मजदुरले गलत नीतिको कारण कम्पनीमा बिभिन्न किसिमको समस्याहरु भोग्नु परिरहेको बताउनुभयो ।
यस्ता समस्याहरुको सहि र स्थाई समाधानकोलागि मजदुर संगठनमा एकजुट भएर आवाज उठाउनुको बिकल्प छैन ।हामीले आफ्नो सोचाइमा परिबर्तन गर्न जरुरीछ डब्लुपीएस लागु गराउन प्रवासी मजदुर हामीबाटै मात्र सम्भब छ ,यसकोलागि एकजुट हौं उहाँले भन्नुभयो ।
कार्यक्रममा उपस्थित नेपाल, बंगलादेशको सदस्य साथै सहभागीहरुले पनि एमटियुको गतिबिधि ,कार्ययोजनाको बारेमा रायहरु व्यक्त गर्नु भएको थियो ।
यसै क्रममा बंगलादेशको प्रवासी मजदुर सेक रहमानले एमटियुले बिगतमा मजदुरको निमित्त धेरै संघर्ष गरेको छ । आउदो दिनमा धेरै भन्दा धेरै प्रवासी मजदुरलाई सगठित गराउन प्रवासी मजदुर बढी काम गर्ने क्षेत्रमा गएर एमटियुको बारेमा प्रचारप्रसार गर्ने ,सहभागिताको सबैलाई भन्ने कार्यलाई प्राथमिता दिन सुझाव दिनु भएको थियो ।
कार्यक्रम एमटियुको आउदो मार्च महिनादेखि सउल ख्यंगी क्षेत्रमा न्यनततम ज्याला बृद्धी ,डब्लुपीएस लागु विभिन्न भिसामा काम गरिरहेको सबै प्रवासी मजदुरको समय समाधानमा सरकारले पहल गर्नु पर्ने माग गर्दै जुलुस लगायतको बिभिन्न कार्यक्रम गर्ने ,सदस्य बृद्धी गर्ने कार्यलाई तीव्र गर्ने ,नयाँपुरानो सदस्यलाई मजदुर संगठनको बारेमा नियमित प्रसिक्षण दिई सक्रिय कार्यकर्ता वृद्धी गर्ने ,अधिराज्यको विभिन्न ठाउँमा शैक्षीक कार्यक्रम गर्ने, अर्थ संकलनको लागि गरिने कार्यलाई सफल बनाउन जोडदिने लगाएतको कार्य योजना पारित गर्दै समापन भएको थियो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












