एमटियुको अन्तरक्रिया कार्यक्रम सम्पन्न, यस्ता छन् भावी योजनाहरु

दक्षिण कोरिया, ३ माघ । प्रवासी मजदुर संगठन ‘एमटियु’को २०१७ नव आगन्तुक र सदस्यहरुलाई स्वागत,शुभकामान आदानप्रदानका साथै २०१६मा गरेको गतिविधीको मुल्याङ्कन र २०१७ को कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १५ जनवरीमा केसीटियुको ख्यंगी क्षेत्रीय कार्यालय सुवनमा कार्यक्रम सम्पन्न भएको हो ।
कोरियामा प्रवासी मजदुरहरु आउने क्रम जारी रहेकोले प्रवासी मजदुरको सख्यमा वृद्धी भई रहेको छ । हाल प्रवेश गरेको नयाँ प्रवासी मजदुर ,एमटियुको नयाँ सदस्यलार्इ स्वागत,एक आपसमा शुभकामना आदानप्रदान, मित्रताको भावना वृद्धी गराउन, मजदुर संगठनको गतिबिधिको बारेमा, कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको एमटियु प्रचारप्रसार विभाग प्रमुख मधुसुधन ओझाले न्युज नेपाललाई जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा २०१६को एमटियुको गतिबिधिको समिक्षा र यस वर्षको कार्य योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै एमटियुको वरिष्ठ उपाध्यक्ष सेक आल मामुनले कोरियामा प्रवासी मजदुरहरु बिभिन्न किसिमको शोषण दमनमा परेको छन् । यसको बिरुद्ध सबै एक जुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यसै क्रममा एमटियुको अध्यक्ष उदय राईले एमटियुको परिचय , प्रवासी मजदुरको हकअधिकारको प्राप्ति ,समानताकोलागि यसले गरेको अहिलेसम्मको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।अध्यक्ष राईले एमटियुको २०१७ कार्ययोजनाहरु पनि प्रस्तुत गर्नु भएको थियो। उहाँले मजदुर ३ अधिकार मजदुरलाई मात्र भएको यसको उपयोग गर्ने अधिकार पनि मजदुरलाई मात्र छ तर अहिले कोरियामा प्रवासी मजदुरले पूर्ण रुपमा उपयोग गर्न नपाई रहेको अवस्था छ ।
इपिएस अन्तर्गत प्रवासी मजदुरको अधिकार खोसिएको छ बिगतको दिनलाई हेर्नेहो भने थोरै शंख्या मा मात्र प्रवासी मजदुरहरु आफ्नो अधिकर र नियम कानुन सुधारको लागि सरकारलाई दबाब दिने गतिविधिमा सम्मिलित भएको पाइन्छ आउदा दिनमा सबै सक्रिय भएर लाग्नको लागि जोड दिनु भएको थियो । कार्यक्रममा एमटियु प्रचारप्रसार बिभाग प्रमुख मधुसुदन ओझाले प्रवासी मजदुरले गलत नीतिको कारण कम्पनीमा बिभिन्न किसिमको समस्याहरु भोग्नु परिरहेको बताउनुभयो ।
यस्ता समस्याहरुको सहि र स्थाई समाधानकोलागि मजदुर संगठनमा एकजुट भएर आवाज उठाउनुको बिकल्प छैन ।हामीले आफ्नो सोचाइमा परिबर्तन गर्न जरुरीछ डब्लुपीएस लागु गराउन प्रवासी मजदुर हामीबाटै मात्र सम्भब छ ,यसकोलागि एकजुट हौं उहाँले भन्नुभयो ।
कार्यक्रममा उपस्थित नेपाल, बंगलादेशको सदस्य साथै सहभागीहरुले पनि एमटियुको गतिबिधि ,कार्ययोजनाको बारेमा रायहरु व्यक्त गर्नु भएको थियो ।
यसै क्रममा बंगलादेशको प्रवासी मजदुर सेक रहमानले एमटियुले बिगतमा मजदुरको निमित्त धेरै संघर्ष गरेको छ । आउदो दिनमा धेरै भन्दा धेरै प्रवासी मजदुरलाई सगठित गराउन प्रवासी मजदुर बढी काम गर्ने क्षेत्रमा गएर एमटियुको बारेमा प्रचारप्रसार गर्ने ,सहभागिताको सबैलाई भन्ने कार्यलाई प्राथमिता दिन सुझाव दिनु भएको थियो ।
कार्यक्रम एमटियुको आउदो मार्च महिनादेखि सउल ख्यंगी क्षेत्रमा न्यनततम ज्याला बृद्धी ,डब्लुपीएस लागु विभिन्न भिसामा काम गरिरहेको सबै प्रवासी मजदुरको समय समाधानमा सरकारले पहल गर्नु पर्ने माग गर्दै जुलुस लगायतको बिभिन्न कार्यक्रम गर्ने ,सदस्य बृद्धी गर्ने कार्यलाई तीव्र गर्ने ,नयाँपुरानो सदस्यलाई मजदुर संगठनको बारेमा नियमित प्रसिक्षण दिई सक्रिय कार्यकर्ता वृद्धी गर्ने ,अधिराज्यको विभिन्न ठाउँमा शैक्षीक कार्यक्रम गर्ने, अर्थ संकलनको लागि गरिने कार्यलाई सफल बनाउन जोडदिने लगाएतको कार्य योजना पारित गर्दै समापन भएको थियो ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











