मेसी, रोनाल्डोभन्दा नेइमार मूल्यवान
काठमाडौं, माघ ४ ।ब्राजिलियन स्टार नेइमार जुनयर युरोपका सबैभन्दा मूल्यवान खेलाडी भएका छन्। एक अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित बार्सिलोनाबाट व्यवासयीक फुटबल खेल्ने नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीले युरोमा रहेका एक सय मूल्यवान खेलाडीको सूचि सार्वजनिक गरेको हो । सूचिमा इंग्लिस प्रिमियर लिगमा खेल्ने ४२ खेलाडी परेका छन् । नेइमारले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन्। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीका अनुसार दोस्रो स्थानमा रहेको मेसीको मूल्य एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ। यस्तै तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको १३६ मिलियन पाउण्ड स्ट्रर्लिङ छ।
युरोपका शीर्ष १० मूल्यवान खेलाडीको सूची
१. नेइमार (बार्सिलोना)- दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ
२. मेसी (बार्सिलोना) – एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ
३. पउल पोग्बा (म्यान्चेष्टर युनाइटेड) -१३६ मिलियन पाउण्ड स्ट्रर्लिङ
४. एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड) -१३२ मिलियन पाउण्ड स्ट्रर्लिङ
५. लुइस स्वारेज (बार्सिलोना)-१२७ मिलियन पाउण्ड स्ट्रर्लिङ
६. ह्यारी केन (टोटनह्याम) – १२२ मिलियन पाउण्ड स्ट्रर्लिङ
७. क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड)- १११ मिलियन पाउण्ड स्ट्रर्लिङ
८ . पाउलो ड्याबाला (युभेन्टस)- ९९.९ मिलियन पाउण्ड स्ट्रर्लिङ
९. डेल अली (टोटनह्याम)-९६ मिलियन पाउण्ड स्ट्रर्लिङ
१०. इडन हर्जाड (चेल्सी)- ८९ मिलियन पाउण्ड स्ट्रर्लिङ
एजेन्सीको सहयोगमा
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











