धुलिखेलमा ‘कर्म’ संवाद

काभ्रे ।पत्रकार दामोदर न्यौपानेको दोस्रो किताब ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ माथि धुलिखेलमा संवाद कार्यक्रम गरियो । जिल्ला बालक्लब सञ्जालद्वारा आयोजित कार्यक्रममा बालबालिका, बालअभियन्ता र बालबालिका क्षेत्रमा कार्यरतहरूको सहभागिता थियो ।
जिल्ला बालक्लब सञजाल, सिन्धुपाल्चोककी पूर्वअध्यक्ष सफलता भण्डारीले पुस्तक बालबालिकाको सवाल प्रभावकारी रूपमा उठाएको बताइन् । ‘हामी बोलेर आवाज उठाउँदै आएका थियौं,’ भण्डारीले भनिन्, ‘न्यौपानेले हामीले बोल्दै आएको विषय लेखेर आवाज उठाउनुभयो । किताब बनेर आयो हाम्रो आवाज । बोलेको भन्दा लेखेको प्रभावकारी हुन्छ ।’
काठमाडौं जिल्ला बालक्लब सञ्जालका अध्यक्ष राजाराम बस्नेतले पुस्तकले बालबालिकालाई आफ्नो आवाज प्रभावकारी रूपमा उठाउन सिकाएको टिप्पणी गरे । ‘हामीले समस्या व्यहोरेका हुन्छौं तर त्यसलाई कसरी भन्ने भनेर थाहा पाएका हुँदैनौं,’ उनले भने, ‘यो पुस्तकले हाम्रो आवाज यसरी उठाउनुपर्ने रहेछ भनेर सिकाउँछ ।’
बालक्लब सञ्जाल, भोजपुरका अध्यक्ष लक्ष्मण चौहानले पुस्तक जिल्लाका सबै ५४ गाविस र २ नगरपालिकामा अनि सबै वडा वडामा पुर्याउने बताए । बालक्बल सञ्जाल, काठमाडौंकी सदस्य सोनी भट्टराईले पुस्तक पढेर आफूले ‘अटिजम’ बारे थाहा पाएको प्रतिक्रिया दिइन् ।
जिल्ला बालक्लब सञ्जालका अध्यक्ष रञ्जन पौडेल, सञ्चारकर्मी जीवन पराजुलीले पनि बोलेका थिए । लेखक न्यौपानेले भोलिको लागि असल नागरिक कसरी बनाउने भनेर एउटा अभियानको रूपमा पुस्तकले लेखेको बताए । ‘भोलि कस्तो बनाउने भनेर योजना बनाउन आज बालबालिकाको बीचमा जानुपर्छ । आज बालबालिकाको सिकाइ राम्रो भयो भने मात्रै भोलिका नागरिक असल हुनेहुन्,’ उनले भने ।कान्तिपुर दैनिकबाट
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...











