घरभित्रै बसेर नायक अनमोल केसीले…

काठमाडौं । युवास्टार अनमोल केसी आफ्नो पाँचाैँ फिल्म ‘कृ’को सुटिङअघि घरबाट बाहिरै ननिस्किने सुरमा छन् । उनी त्यस अवधिमा मिडिया, फिल्मी कार्यक्रम त परै जाओस् आफन्तले पनि आफूलाई नबोलाऊन् भन्ने चाहन्छन् रे ! यो दाबी अनमोलका बाबु भुवनको हो । ‘अनमोल ‘कृ’को सुटिङअघि घरबाहिर निस्किनै चाहँदैन,’ भुवनले भन्ने गरेका छन्, ‘ऊ पूर्ण रूपले क्यारेक्टरमा भिज्न चाहन्छ । त्यसैले बाहिर निस्किन मान्दैन ।’ फागुनबाट सुटिङ सुरु गरिने भनिएको ‘कृ’को प्रदर्शन मिति भने तोकिसकिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने ‘कृ’ आगामी ०७४ को भदौ १६ गते प्रदर्शन गरिने निर्माणपक्षले घोषणा गरेको छ । अनमोल मुख्य भूमिकामा अभिनीत चारवटै फिल्म– ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ हिट भए । निकै ‘रिजर्भ’ बस्ने गरेका अनमोलले ‘साथी म तिम्रो फिल्म’को एउटा गीतमा नृत्य गरेका थिए । तर, सो फिल्म औसतभन्दा माथि भएन । घरको घरमै बस्दा दर्शकले बिर्सिन पनि सक्लान्, यसबारे पुत्रलाई सम्झाउने पो हो कि भुवनजी ?
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...
-
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च...
-
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य: निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने...











