विवादमा तानिए ओबामा
न्युयोर्क, ६ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको अहिलेसम्मकै सबैभन्दा धेरै गोप्य सूचना चुहाएको अभियोगमा जेलजीवन बिताइरहेकी एक अमेरिकी सैनिकको बाँकी जेल सजाय कटौती गरिदिएका छन् । आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी छँदा ओबामाले बुधबार विवादास्पद सैनिक चेल्सी म्यानिङको सजाय कटौती गरेका हुन् । उनीमाथिको सजाय असान्दर्भिक भन्दै कटौतीका लागि राष्ट्रपतिको कार्यालयमा निवेदन परेको थियो । २९ वर्षीया ट्रान्सजेन्डेर म्यानिङले सन् २०१० मा विकिलिक्सलाई लाखौँ सूचना चुहाएकी थिइन् । गोप्य सूचना चुहाएको अभियोगमा उनलाई सन् २०१३ मा अमेरिकाको एक अदालतले ३५ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
जेलमै आत्महत्या प्रयास
म्यानिङ अमेरिकी इतिहासमा अहिलेसम्मकै ठूलो सूचना चुहावट गर्ने व्यक्ति हुन् । उनले सात लाख गोप्य सूचना चुहाएकी थिइन् । तीमध्ये अधिकांश सूचना सुरक्षासँग सम्बन्धित थिए । उनले गत वर्ष कारागारमा दुईपटकसम्म आत्महत्या प्रयास गरेकी थिइन् । उनले भोक हडतालसमेत गरेकी थिइन् । सेनाले उनलाई मानसिक रोग लागेको भन्दै उपचार गरेको थियो । उपचारपछि हडताल स्थगित गरेकी थिइन् । राष्ट्रपति ओबामाले उनलाई माफी दिएसँगै म्यानिङ आगामी १७ मेमा रिहा हुनेछिन् ।
२०९ जनाको सजाय कटौती
आफ्नो कार्यकालमा राष्ट्रपति ओबामाले विभिन्न अभियोग लागेका दुई सय नौजना अमेरिकीको सजाय कटौती गरिदिएका छन् भने ६४ जनालाई माफी दिएका छन् । संख्याका हिसाबले राष्ट्रपति ओबामाले दिएको क्षमादान पूर्वराष्ट्रपतिहरूका तुलनामा न्यून हो । राष्ट्रपतिसमक्ष क्षमादानका लागि याचना गर्दै ह्वाइटहाउसमा हजारौँले निवेदन दिएका थिए । कार्यकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपतिले राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा दोषीमाथिको सजाय कटौती गरिदिने चलन छ । क्षमादानका लागि अनुरोध गर्नेमा विकिलिक्सका संस्थापक एडवार्ड स्नोडेनदेखि तालिबानले नियन्त्रणमा लिएका अमेरिकी सैनिक बोवी बर्गड्यालसम्म छन् ।
विवादमा तानिए ओबामा
चेल्सी म्यानिङको सजाय कटौती गरेसँगै राष्ट्रपति ओबामा विवादमा तानिएका छन् । म्यानिङबारे अमेरिकामा परस्पर विरोधी धारणा छ । केही अमेरिकीको विचारमा म्यानिङ संगठनका कर्तुत सार्वजनिक गरी वास्तविकता पर्दाफास गर्ने साहसी महिला हुन् । तर, धेरैले उनलाई देशद्रोही भन्छन् । उनलाई माफी दिनुपर्ने माग गर्दै एउटा समूहले अभियान नै चलाएको थियो । उनको रिहाइको माग गर्दै एक लाख मानिसले ह्वाइटहाउसमा निवेदन दिएका थिए । म्यानिङलाई माफी दिने ओबामाको निर्णयलाई सभामुख पल रायनले ‘विश्वासघात’ बताएका छन् । त्यस्तै, रिपब्लिकनका सांसदहरूले पनि ओबामाको निर्णयको विरोध गरेका छन् । सन् २०१३ मा म्यानिङलाई अदालतमा अभियोग लगाउँदा अभियोजनकर्ताले उनलाई ३५ वर्षभन्दा बढी सजाय माग गरेका थिए । उनको सजाय भावी दिनमा सम्भावित सूचना चुहावटकर्ताका लागि ठूलो पाठ हुने बताइएको थियो । उनको कार्यले अमेरिकाको सुरक्षालाई खतरामा पारेको विज्ञहरूले बताएका थिए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











