विवादमा तानिए ओबामा
न्युयोर्क, ६ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको अहिलेसम्मकै सबैभन्दा धेरै गोप्य सूचना चुहाएको अभियोगमा जेलजीवन बिताइरहेकी एक अमेरिकी सैनिकको बाँकी जेल सजाय कटौती गरिदिएका छन् । आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी छँदा ओबामाले बुधबार विवादास्पद सैनिक चेल्सी म्यानिङको सजाय कटौती गरेका हुन् । उनीमाथिको सजाय असान्दर्भिक भन्दै कटौतीका लागि राष्ट्रपतिको कार्यालयमा निवेदन परेको थियो । २९ वर्षीया ट्रान्सजेन्डेर म्यानिङले सन् २०१० मा विकिलिक्सलाई लाखौँ सूचना चुहाएकी थिइन् । गोप्य सूचना चुहाएको अभियोगमा उनलाई सन् २०१३ मा अमेरिकाको एक अदालतले ३५ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
जेलमै आत्महत्या प्रयास
म्यानिङ अमेरिकी इतिहासमा अहिलेसम्मकै ठूलो सूचना चुहावट गर्ने व्यक्ति हुन् । उनले सात लाख गोप्य सूचना चुहाएकी थिइन् । तीमध्ये अधिकांश सूचना सुरक्षासँग सम्बन्धित थिए । उनले गत वर्ष कारागारमा दुईपटकसम्म आत्महत्या प्रयास गरेकी थिइन् । उनले भोक हडतालसमेत गरेकी थिइन् । सेनाले उनलाई मानसिक रोग लागेको भन्दै उपचार गरेको थियो । उपचारपछि हडताल स्थगित गरेकी थिइन् । राष्ट्रपति ओबामाले उनलाई माफी दिएसँगै म्यानिङ आगामी १७ मेमा रिहा हुनेछिन् ।
२०९ जनाको सजाय कटौती
आफ्नो कार्यकालमा राष्ट्रपति ओबामाले विभिन्न अभियोग लागेका दुई सय नौजना अमेरिकीको सजाय कटौती गरिदिएका छन् भने ६४ जनालाई माफी दिएका छन् । संख्याका हिसाबले राष्ट्रपति ओबामाले दिएको क्षमादान पूर्वराष्ट्रपतिहरूका तुलनामा न्यून हो । राष्ट्रपतिसमक्ष क्षमादानका लागि याचना गर्दै ह्वाइटहाउसमा हजारौँले निवेदन दिएका थिए । कार्यकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपतिले राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा दोषीमाथिको सजाय कटौती गरिदिने चलन छ । क्षमादानका लागि अनुरोध गर्नेमा विकिलिक्सका संस्थापक एडवार्ड स्नोडेनदेखि तालिबानले नियन्त्रणमा लिएका अमेरिकी सैनिक बोवी बर्गड्यालसम्म छन् ।
विवादमा तानिए ओबामा
चेल्सी म्यानिङको सजाय कटौती गरेसँगै राष्ट्रपति ओबामा विवादमा तानिएका छन् । म्यानिङबारे अमेरिकामा परस्पर विरोधी धारणा छ । केही अमेरिकीको विचारमा म्यानिङ संगठनका कर्तुत सार्वजनिक गरी वास्तविकता पर्दाफास गर्ने साहसी महिला हुन् । तर, धेरैले उनलाई देशद्रोही भन्छन् । उनलाई माफी दिनुपर्ने माग गर्दै एउटा समूहले अभियान नै चलाएको थियो । उनको रिहाइको माग गर्दै एक लाख मानिसले ह्वाइटहाउसमा निवेदन दिएका थिए । म्यानिङलाई माफी दिने ओबामाको निर्णयलाई सभामुख पल रायनले ‘विश्वासघात’ बताएका छन् । त्यस्तै, रिपब्लिकनका सांसदहरूले पनि ओबामाको निर्णयको विरोध गरेका छन् । सन् २०१३ मा म्यानिङलाई अदालतमा अभियोग लगाउँदा अभियोजनकर्ताले उनलाई ३५ वर्षभन्दा बढी सजाय माग गरेका थिए । उनको सजाय भावी दिनमा सम्भावित सूचना चुहावटकर्ताका लागि ठूलो पाठ हुने बताइएको थियो । उनको कार्यले अमेरिकाको सुरक्षालाई खतरामा पारेको विज्ञहरूले बताएका थिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











