बेनी–जोमसोममा सिन्डिकेट तोडियो,अब काठमाडौंबाट सिधा मुस्ताङ रात्री बस
मुस्ताङ, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन्। एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ । गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिन तीनवटासम्म जिप छुट्ने गरेका छन् । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । समितिका सदस्य यमबहादुर पुनले मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुई वटा रात्रि बस सेवा सुरु गरिएको बताए । पोखरा र काठमाडौँबाट समेत सेवा सञ्चालन भएपछि पर्यटकीय जिल्लामा आउने पर्यटक र स्थानीयवासीलाई सहज भएको जोमसोमका कुलबहादुर थकालीले बताए। ‘पहिला पोखरासम्म पुग्न कि त महँगो भाडा तिरेर हवाईमार्ग प्रयोग गर्नुपथ्यो, तैपनि त्यो भरपर्दो थिएन’, उनले भने – ‘अहिले बस र जिपमा रोजेर यात्रा गर्न पाइएको छ ।’ म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ ।
Comments
अरु समाचार
-
कर्णालीको अदुवा र बेसार युरोप निर्यात
काठमाडौं । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
काठमाडौं । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको...
-
मनाङमा पहिलो हिमपात, किसानमा खुसी
काठमाडौं । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...
-
अमेरिकामा अनियन्त्रीत आगालागी, अहिलेसम्म १६ को मृत्यु
काठमाडौं । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस...
-
ट्रकको ठक्करबाट युवाको मृत्यु
काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल...
-
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
कैलाली" पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ...
-
फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति सवा १२ बजे काठमाडौंको...