आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश
काठमाडौं, १० माघ । सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्याएको छ। बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिन इन्कार गरेका दुई दिदी–भाइलाई सर्वोच्चले वंशजको नागरिकता प्रदान गर्न सरकारलाई आदेश दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको निर्णयको हालै तयार पूर्णपाठमा नागरिकताका लागि सक्षम व्यक्तिलाई विभिन्न अडचन देखाई नागरिकताबाट वञ्चित गर्न नहुने ठहर्याएको छ। ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरिरहेका व्यक्तिहरूले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने भनी व्यवस्था गरिसकेको अवस्थामा बाबु विदेशी वा स्वदेशी हो भन्ने प्रश्न उठाई संविधान र कानुनबमोजिम नागरिकता प्राप्त गर्ने योग्यता पुगेका व्यक्तिहरूलाई नागरिकता दिन इन्कार गरी नागरिकताविहीन बनाउनु कानुनअनुकूलको कार्य मान्न सकिएन,’ सर्वोच्चको निर्णयमा भनिएको छ, ‘बाबुको नागरिकताको पहिचान नखुलेको भनी निवेदकहरूलाई नागरिकता नदिनु संविधानविरुद्ध हुन जान्छ।’ २०४१ वैशाख २१ गते काठमाडौंबाट नागरिकता लिएकी अनिता सापकोटाले बारा डुमरबाना घर भएका समिम सिद्दिकीसँग घरजम गरेकी थिइन्। उनीहरूबाट २०४४ असारमा छोरी सज्दा र २०५० फागुनमा असिम जन्मिए। त्यसको तीन वर्षपछि २०५३ मंसिरमा बाराको डुमरबानास्थित पुख्र्यौली घर हिँडेका समिम एकाएक बेपत्ता भए। पछि उनीहरूले खोजतलास गर्दासमेत बाबु भेटिएनन्। नागरिकताका लागि उनीहरूले २०६८ मंसिरमा महानगरपालिकाको वडा कार्यालयबाट सिफारिस लिएका थिए। त्यसपछि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन खोज्दा प्रमुख जिल्ला अधिकारीको आदेशमा निवेदन दर्ता भएन। प्रक्रिया पुर्याएर निवेदन दिँदा पनि नागरिकता पाउने अवस्था नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निवेदन दर्ता गर्नै अस्विकार गरेको थियो। आमाको नामबाट नागरिकता दिन नमिल्ने भनी प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि उनीहरू अदालत गएका थिए। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयले रित नपुर्याएको भन्ने ठहर्याएको भरमा निवेदन दर्ता नगरिएको जवाफ दिएको भेटिएको छ। ‘निवेदकका बाबुआमाको विवाह दर्ता नभएको साथै ऐन र नियमावलीबमोजिम रित नपुर्याएको हुँदा नागरिकता नदिएको हो,’ पाण्डेयले सर्वोच्चमा पठाएको लिखित जवाफमा भनिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाली आमाबाट नेपालमा जन्मेको व्यक्तिले आमाको नामबाट नागरिकता माग्न आए सहज तरिकाले नागरिकता उपलब्ध गराइदिन परिपत्र गरेको भन्दै नागरिकता दिन कुनै अवरोध नगरेको जवाफ लेखेको थियो। रिटमाथिको निर्णयमा सर्वोच्चले आमा नेपालको वंशज नागरिक भन्ने तथ्य प्रमाणित हुँदाहुँदै बाबुको नागरिकताको पहिचान नखुलेको आधार देखाई नागरिकताको प्रमाणपत्र जारी नगर्ने प्रशासनको आदेशले महिला भएकै आधारमा अनिता सापकोटामाथि विभेद गरेको भन्नेसमेत देखिँदा यस्ता कार्यले संवैधानिक व्यवस्थालाई परास्त गर्न खोजेको’ ठहर्याएको छ। लैंगिक विभेदका मुद्दाबारे जानकार अधिवक्ता मीरा ढुंगाना अदालतले दिएका आदेश त्यही घटनाबाहेक अरूमा कार्यान्वयन हुन नसक्दा समस्या परेको बताउँछिन्। ‘अदालतको आदेशका कारण जसलाई अन्याय भयो, उसले त न्याय पाएको छ,’ ढुंगानाले कान्तिपुरसित भनिन्, ‘तर त्यस्तै खालका अरू घटनामा प्रशासनले अदालतको आदेश पालना नगर्दा फेरि सुरुदेखि कानुनी संघर्ष गर्नुपर्छ।’ केही महिनाअघि मात्रै नागरिकताको सवाल जोडिएका आधा दर्जन मुद्दा किनारा लागेका छन्। त्यस्तै एक दर्जन मुद्दा अदालतमा विचाराधीन छन्। नेपालको संविधानको धारा ११ मा नेपाली नागरिक आमाबाट जन्मेर नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशका आधारमा नेपालको नागरिकता दिने उल्लेख छ। तर बाबु विदेशी नागरिक भएको ठहरिए वंशजबाट पाएको नागरिकता अंगीकृतमा परिणत हुनेछ। स्थानीय प्रशासनका अधिकारीहरूले यही प्रावधानलाई आधार देखाई पितृत्वको पहिचान नभएका र भए पनि ठेगाना नखुलेका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न इन्कार गरिरहेका हुन्। ‘स्थानीय प्रशासनले आमाको नामबाट नागरिकता लिन खोज्नेलाई तिम्रो बाउ नेपाली हो कि विदेशी भनेर केरकार गर्ने परिपाटी अहिले पनि कायमै छ,’ अधिवक्ता ढुंगाना भन्छिन्, ‘बाबु विदेशी भएको प्रमाणित भए मात्रै नागरिकता अंगीकृतमा परिणत हुने हो, अन्यथा वंशज नै ठहरिन्छ।’ जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले संविधान, कानुन र मानव अधिकारसम्बन्धी व्यवस्था नबुझेर वा कानुनको गलत तर्क र अर्थ लगाएर नागरिकताको प्रमाणपत्रबाट वञ्चित हुन नसक्ने भन्दै सर्वोच्चले बाबु वा आमामध्ये कुनै एक नेपालको नागरिक भए त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने यसअघि प्रतिपादित सिद्धान्तको पनि स्मरण गराएको छ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












