नेल्टा क्लबहरू वक्तृत्वकला प्रतियोगिता गर्दै

सुर्खेत १० माघ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया तीव्र बनाएको छ । सुर्खेतको पूर्वी भागमा रहेको आदर्श माध्यमिक विद्यालय, लेखापर्सामा सुरेन्द्र सुनारको अध्यक्षतामा आदर्श नेल्टा क्लब गठन भएको छ ।
जसको उपाध्यक्षमा मिदेश फौजा, सचिवमा सन्देश पौडेल , सहसचिवमा कृष्णा सिंजाली , कोषाध्यक्षमा राजेन्द्र सुनार र सदस्यहरूमा कर्ण बहादुर सुनार, चादनी पौडेल, मिना महर, ममता फौज, लेलिन फौजा र देबी रोकाया रहेका छन् भने फोकल पर्सनको रुपमा अंग्रेजी शिक्षक विष्णु प्रसाद शर्मा र सल्लहाकार दुर्गा गौतम रहेका छन् । उक्त नेल्टा क्लबले विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी पवित्र दर्लामीलाई जिल्ला स्तरको प्रतियोगितामा छनौट गरेको नेल्टा सुर्खेतका सदस्य दल बहादुर शाहीले जानकारी दिए ।
त्यसै गरी ह्युरिष्टिक नेल्टा क्लबले नेवारेले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा गायत्री सापकोटा प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन गोपाल ओलीले जानकारी दिए । सद्धार्थ नेशनल नेल्टा क्लव सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रीतिका राना मगर प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन निर्मला सापकोटाले बताईन ।
यसै गरी काँक्रेविहार नेल्टा क्लब घुस्राले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुजा बुढा क्षेत्री प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन रविन्द्र बि।सी।ले जानकारी दिए । नेल्टा सुर्खेतले शनिवार फोकल पर्सनहरूका लागि एक दिने तालिम तथा अभिमुखीकरण तालिमको आयोजना गरेको र उक्त भेलाबाट जिल्ला स्तरीय प्रतियोगिताको मिति तय गर्ने नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












