महान्यायाधिवक्ता श्रेष्ठलाई प्रधानमन्त्रीले स्पष्टिकरण सोध्ने

काठमाडौ,११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायाधीश नियुक्तीको बिरोधमा कर्मचारी संगठनलाई उचाल्ने काम गरेको भन्दै महान्याधिवक्ता रमण कुमार श्रेष्ठलाई स्पष्टीकरण सोध्ने तयारी गर्नुभएको छ । आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीको सहमतिमा भएको न्यायाधीश नियुक्तीको निर्णयलाई चुनौती दिएको भन्दै प्रधानमन्त्री दाहालले महान्याधिवक्ता श्रेष्ठसंग स्पष्टीकरण लिने तयारी गर्नुभएको कानुनमन्त्री अजयशंकर नायकले दावी गर्नुभयो ।
इमान्दारिक पुर्वक आफ्नो जिम्मेवारी निर्वाह नगरेको र सरकारवादी मुद्धामा बहस पैरवी बहिस्कार गरेर राज्यप्रतिको दायित्वबाट समेत बिमुख भएको आरोप लगाउदै महान्याधिवक्ता श्रेष्ठलाई हटाउन कानुनमन्त्रीसहित पार्टीका कतिपय नेताहरुले प्रधानमन्त्रीलाई दवाव दिएको स्रोतले जनाएको छ ।
माओवादी निकट केही कानुन व्यवसायी समेत महान्याधिवक्ता श्रेष्ठलाई हटाउने लविङमा लागेको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् । कानुनमन्त्री नायकले महान्याधिवक्ता श्रेष्ठबाट पदीय मर्यादा र जिम्मेवारी अनुकुल काम हुन नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो सरकारको कानुनी सल्लाहकारमा जवाफदेहिता र परिपक्वता देखिएन, राज्यप्रतिको जिम्मेवारी बोक्ने व्यक्तिले नै आन्दोलन गर्नु अशोभनिय भएकाले उहाँलाई बोलाएर सम्झाउने वा स्पष्टीकरण लिने भन्नेवारे आन्तरिक छलफल भइरहेको छ । यसैबीच सरकारी वकिलको आन्दोलनका कारण सर्वोच्च सहित देशभरका अदालतमा सरकार पक्ष रहेका मुद्दा आज पनि प्रभावित हुने भएका छन् ।
उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलको पर्याप्त प्रतिनिधित्व हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन संगठनले आज पनि इजलाश बहिस्कार गर्ने बताएका छन् । सरकारी वकिल इजलासमा नगएका कारण सरकारवादी मुद्धाको सुनुवाई प्रभावित हुदै आएको छ । सरकारी वकिलले शुरु गरेको बिरोधप्रति सरकारकै कानुनी प्रतिरक्षा गर्ने महान्याधिवक्ता रमण कुमार श्रेष्ठले समेत समर्थन जनाउनुभएको छ । महान्याधिवक्ता श्रेष्ठले न्यायपरिषद्ले पक्षपातपुर्ण तरिकाले गरेको निर्णयको सरकारी वकिलले बिरोध गरेको भन्दै आफु अभिवाकीय भूमिका बसेको नाताले आन्दोलनप्रति समर्थन जनाएको बताउनुभयो ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












